PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विश्वप्रकाश शर्माले सार्वजनिक गरे अवधारणा पत्र : ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’



विश्वप्रकाश शर्माले सार्वजनिक गरे अवधारणा पत्र : ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफ्नो अवधारणा पत्र सार्वजनिक गरेका छन्। कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेद्वार समेत रहेका शर्माले संविधान दिवसका अवसरमा बिर्तामोडको कार्यक्रममार्फत अवधारणा पत्र सार्वजनिक गरेका हुन्।

अवधारणा पत्रमा शर्माले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको क्रममा विगतको आत्मसमीक्षा र आउँदा दिनहरुका लागि आत्मचिन्तन गर्नुपर्ने बताएका छन्। उनले कमजोरीको इमान्दार पहिचान गर्दै बदलिएको नेपाल र बदलिएको समयलाई सम्बोधन गर्ने नविन संकल्प र नविन सपनाको रेखांकन अबको कांग्रेसले गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘हाम्रो राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सुत्रबद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याऔँ। यहि आग्रहका साथ २४ बुँदा छलफल र बहसका लागि प्रस्तुत गरेको छु।’

राजनीतिलाई राजनीति भित्रकाले र राजनीति बाहिरकाले बुझ्ने र विश्लेषण गर्ने दृष्टिकोणमा सामञ्जस्यता खोज्न जरुरी रहेको अवधारणा पत्रमा शर्माले उल्लेख गरेका छन्। व्यवस्था भित्रको अव्यवस्था अन्त्य गरेर यसप्रति जनताको आशालाई विश्वासमा बदल्नुपर्ने उनको भनाइ छ।

अवधारणा पत्रको पूर्ण पाठ :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell