PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रवीन्द्रले 'राजनीतिसँगै राजकाज' बाट आएको ६ लाख रुपैयाँ रोयल्टी विवेकशील साझालाई दिने



रवीन्द्रले 'राजनीतिसँगै राजकाज' बाट आएको ६ लाख रुपैयाँ रोयल्टी विवेकशील साझालाई दिने

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक राजनीतिसँगै राजकाजबाट हालसम्म प्राप्त लेखकस्व (रोयल्टी) विवेकशील साझा पार्टीलाई प्रदान गर्ने घोषणा गरेका छन्। गत चैत अन्त्यमा प्रकाशित पुस्तकबाट प्राप्त लेखकस्व वापत् कर कट्टी गरी ६ लाख ५ हजार ६२५ रुपैयाँ उनले विवेकशील साझालाई दिएका हुन्।

मिश्रले यसअघि प्रकाशित आफ्ना तीन पुस्तकको लेखकस्व (१२ लाख रुपैयाँ) चितवनका विपन्न चेपाङहरूको सहयोगार्थ प्रदान गरेका थिए।

कोभिड–१९ ले पुस्तक बजारमा नराम्रो असर पारेको समयमा पनि मिश्रको पुस्तकको पहिलो संस्करण (७५०० प्रति) सबै बिक्री भएको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताएका छन्।

‘यो पुस्तक बजारका लागि खुसीको विषय हो। हामीले दोस्रो संस्करणका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने ।

निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको वकालत गर्दै ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई केन्द्रमा राखेर नेपाली राजनीति, अर्थनीति, कूटनीति तथा समाज एवम् देशको दिगो र समतामूलक रूपान्तरणको सेरोफेरोमा लेखिएका स्तम्भ–निबन्धहरूको सङ्ग्रह हो, राजनीतिसँगै राजकाज।

यो पुस्तक ‘नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने गहकिलो अर्थ–राजनीतिक दस्तावेज’ भएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा हाल संयुक्त राष्ट्र सङ्घ, एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार स्वर्णिम वाग्लेले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell