PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

परराष्ट्रमन्त्री डा खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर



परराष्ट्रमन्त्री डा खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लिएको पद तथा गोपनियताको सपथ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। २९ वर्षीय अधिवक्ता विशाल न्यौपानेले परराष्ट्रमन्त्री खड्काले लिएको सपथ संवैधानिक व्यवस्था विपरित भएको भन्दै खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

अधिवक्ता न्यौपानेले सो सपथ संवैधानिक प्रावधान बमोजिम धारा ८० भनिएता पनि सो धारा अनुसार ‘संघीय कानुन बमोजिम’ हुनुपर्नेमा कुनैपनि कानुनी व्यवस्था नगरी अथवा कानुनी स्रोतको अभावमा पद तथा गोपनियताको सपथ गराइएको हुनाले खारेज गर्न माग गरेका छन्।

रिटमा भनिएको छ, ‘परराष्ट्र मन्त्रीमा नियुक्त डा नारायण खड्काले संविधानको धारा ८० बमोजिम सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिएको भनिएकोमा संवैधानिक प्रावधान बमोजिम धारा ८० भनिएता पनि उल्लेखित धारा अनुसार 'संघीय कानुन बमोजिम' हुनुपर्नेमा कुनैपनि कानुनी व्यवस्था नगरी अथवा कानुनी स्रोतको अभावमा पद तथा गोपनियताको सपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक सपथ बदर गरी सपथ सम्बन्धी कानुन निर्माण गरी सोही बमोजिम सपथ ग्रहणका लागि यो निवेदन लिई उपस्थित भएको छु।’

२०७८ असोज ६ गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा परराष्ट्रमन्त्रीमा नियुक्त डा खड्काले सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell