PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रधानमन्त्री देउवालाई गगनको प्रश्न : कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको?



प्रधानमन्त्री देउवालाई गगनको प्रश्न : कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको?
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र नपुग्ने बताएका छन्। मन्त्रिपरिषद् विस्तारका क्रममा गैर सांसद् गजेन्द्र हमाललाई मन्त्री बनाएको प्रति थापाले यस्तो बताएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेका हुन्। उक्त कदमप्रति टिप्पणी गर्दै ट्वीटरमा थापाले भनेका छन्, 'हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो? लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन।'

थापाले यस्ता खाले निर्णयको प्रतिरक्षा गर्न सक्नुपर्ने र तिनलाई जनताबाट अनुमोदन गर्न सकेमात्र वैधता पाउने बताए।

'त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ,' गगनले प्रश्न गरेका छन्, 'नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको?'

मन्त्री बनेका हमालको नियुक्ति विवादित बनेको छ। उनी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको कोटाका व्यक्ति भएको बताइएको छ। कांग्रेसका नेताहरुले समेत हमाल कांग्रेस कोटाको नभएको बताउँदै आएका छन्।

सत्ता गठबन्धन दलका नेताहरुले भने देउवाको कदमको बचाउ गर्दै आएका छन्। शनिवारमात्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हमाल प्रचण्डको आफ्नै मान्छे भएको भन्दै सत्ता गठबन्धनको बचाउ गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell