PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राधा ढकालले जितिन् ‘एनटीएस कौसी क्विन-२०७८’को उपाधि



राधा ढकालले जितिन् ‘एनटीएस कौसी क्विन-२०७८’को उपाधि

काठमाडौं : ललितपुरकी राधा ढकालले दोश्रो ‘एनटीएस कौसी क्विन-२०७८’को उपाधि जितेकी छिन्। प्रज्ञान क्रियशन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटीएस कौसी क्विन-२०७८’को ताज ढकालले पाएकी हुन्।

राधाले ताजसँगै ५० हजार रुपैयाँ बराबरको ‘कौसीमा ग्रीन हाउस’ उपहार पाएकी छन्। उनलाई गत सालकी कौसी क्विन भगवती श्रेष्ठले ताज पहिराइदिएकी थिइन्।

त्यसैगरी, फर्स्ट रनर-अप भक्तपुरकी विनिता राजभण्डारी, सेकेण्ड रनर-अप बनेपाकी विजया मानन्धर भएका छन्। प्रतियोगितामा देशभरबाट ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो।

यस्ता खालका क्रियाकलापले शहरी खेती गर्न सबैलाई आकर्षण गर्ने भएकाले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठको भनाइ छ। अझ घरको नक्सा पास गर्ने समयमा कौसीमा अनिवार्य कौसी खेती गर्ने ट्रस बनाउन सकेमा झनै राम्रो हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell