PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्री र प्रधानन्यायाधीशको साठगाँठले लोकतन्त्र खतरामा पर्‍यो : शेखर कोइराला



प्रधानमन्त्री र प्रधानन्यायाधीशको साठगाँठले लोकतन्त्र खतरामा पर्‍यो : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गुटको राजनीतिका कारण पार्टी लथालिङ्ग भएको बताएका छन्। सुन्दरहरैचा नगरपालिका मोरङको नव निर्वाचित कार्यसमितिको पदस्थापन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धुजा-धुजा पारेर च्यात्ने काम भएको समेत आरोप लगाए।

‘विधानको कुन धारा कतिबेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउनुपर्ने अवस्था छ। जिल्ला पिच्छे फरक-फरक नियम बनाएर अधिवेशन गरिएको छ। नेतृत्वमा बसेकाहरु जसरी पनि पार्टी कब्जाको अभियानमा छन,’ कोइरालाले भने।

कांग्रेसको इतिहासमा आजसम्म प्रहरीको धेराबन्दीमा अधिवेशन भएको कसैलाई थाहा नभएको बताउँदै डा कोइरालाले सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको बताए।

उनले प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमतो र साठगाँठले लोकतन्त्र खतरामा परेको बताए। कोइरालाले लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु अत्यन्तै दुःखद भएको बताए।

कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौलाले पार्टी माफियाको हातमा गएको भन्दै कांग्रेसभित्र शुद्धिकरणको आवश्यकता रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell