PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जग्दिश समालको ‘खुशीका पल’ बोलको गीतमा उषा र कमल फिचर्ड



जग्दिश समालको ‘खुशीका पल’ बोलको गीतमा उषा र कमल फिचर्ड

काठमाडौं : गायक जग्दिश समालको ‘खुशीका पल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतको भिडियोलाई ‘डस म्यूजिक नेपाल’ को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

दीपक शर्माले लेखेको गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन्। गीतमा गायक समालका साथै रिता केसीको स्वर सुन्न सकिन्छ।

गीतको भिडियोमा मोडल उषा उप्रेती र संचारकर्मी कमल साउद फिचर्ड छन्। पछिल्लो समय साउद म्युजिक भिडियोमा जम्न थालेका छन्।

सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् भने बिजेश पौडेलले सम्पादन गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell