PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन, प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त



अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन, प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त
फोटो : AFP via Getty Image

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ। कोभिड - १९ संक्रमणसमेत रहेका उनको ८४ वर्षको उमेरमा सोमवार निधन भएको उनको परिवारले जनाएको छ।

पावेलले पूर्ण रुपमा खोप लगाइसकेको उनको परिवारले जनाएको छ। यद्यपि उनी ब्लड क्यान्सरसम्बन्धी रोगले पीडित थिए।

जर्ज डब्लु बुस राष्ट्रपति रहेको बेला सन् २००१ मा पावेल अमेरिकाको पहिलो अफ्रिकन अमेरिकन विदेशमन्त्री बन्न सफल भएका थिए।

पावेलको निधनमा पूर्व राष्ट्रपति बुस, हालका राष्ट्रपति जो बाइडेनले दु:ख व्यक्त गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनको निधनमा दु:ख व्यक्त गरेका छन्। सन् २००२ मा नेपालमा र अमेरिकामा भेट भएको सम्झना गर्दै प्रधानमन्त्री देउवाले पावेलको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell