PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पहिलोपटक अन्तरिक्षमा छायाँकन सकेर फर्कियो रुसी फिल्मी टोली



पहिलोपटक अन्तरिक्षमा छायाँकन सकेर फर्कियो रुसी फिल्मी टोली
फोटो : nasa.gov

एक रसियन फिल्म टोली अन्तरिक्षमा फिल्मको छायाङ्कन सकेर पृथ्वीमा फर्केको छ। अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)मा पहिलोपटक फिल्मको छायाङ्कन गरेर फिल्म ‘च्यालेञ्ज’ को टोली पृथ्वीमा फर्किएको बीबीसीले जनाएको छ।

छायांकनका लागि निर्देशक क्लिम शेपिंकोसँगै अभिनेत्री यूलिया पेरेसिल्ड फर्केका छन्। साथै अन्तरिक्षयात्री नोभित्स्की पनि फर्किएकी छिन्। उनीहरु आईएसएसबाट काजकिस्तानमा अवतरण गरेको दृश्य पनि छायाङ्कन गरिएको छ।

फिल्म टोलीले अन्तरिक्षमा १२ दिनसम्म फिल्मको छायाङ्कन गरेको थियो। फिल्मको कथा के हो भन्ने सार्वजनिक भएको छैन। तर आईएसएसमा खिचिएको दृश्यले पेरेसिल्ड चिकित्सक भएको बुझ्न सकिन्छ।

यो टिमले आइतवार बिहान अन्तरिक्षबाट काजकिस्तानमा अवतरण गरेका थिए। अवतरणपछि सबै सदस्यहरु सुरक्षित रहेको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell