PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लागु‌औषध केसमा पक्राउ परेका आर्यन घर नफर्केसम्म शाहरुखको परिवारमा चाडपर्व नमनाइने



लागु‌औषध केसमा पक्राउ परेका आर्यन घर नफर्केसम्म शाहरुखको परिवारमा चाडपर्व नमनाइने
Photo: zeenews.india.com

लागु‌औषध कारोबारमा छोरा आर्यन प्रकाउ परेपछि शाहरुख खान र गौरी खान निकै पीडामा छन्। अहिलेसम्म पनि आर्यनले जमानत पाउन सकेका छैनन्। जसकारण आर्यनका आमाबुवा निकै चिन्तित छन्। यसैबीच, आर्यनले जमानत नपाएसम्म शाहरुखको घरमा कुनै चाडपर्व नमनाइने खबर बाहिरिएको छ।

खबरका अनुसार गौरीले आफ्नो ‘मन्रत’ निवासका कामदारलाई जबसम्म आर्यन घर आउँदैनन् तबसम्म घरमा कुनै मिठाईको प्रकार नबनाउन आदेश दिएकी छिन्।  घरमा कामदारले खिर बनाइरहेको देखेपछि गौरीले तुरुन्त रोकिन् र आर्यन घर नफर्केसम्म घरमा कुनै मिठो खानेकुरा नबनाउन भनेको भारतीय समाचार माध्यममा उल्लेख छ

यसअघि गौरीले नवरात्रीको बेला आर्यनको लागि लगातार प्राथना गरेकी थिइन्। साथै उनले ७ अक्टोबरबाट नवरात्री शुरु भएसँगै चिनि पनि छोडेको जनाइएको छ।

११ अक्टोबरमा शाहरुख र गौरीले आफ्नो छोराका लागि ४५ सय रुपैयाँ पठाएका थिए। किनकी जेलमा एक कैदीलाई यति नै पैसा राख्न पाउने नियम छ। जुन पैसाले आर्यनले जेलको क्यान्टिनबाट खाना मगाएर खाएका थिए। किनकी उनलाई जेलको खाना मन परेको थिएन।

हाल नै शाहरुख र गौरीले जेलमा भिडियो कलबाट आर्यनसँग १० मिनेट कुरा गरेका थिए। जेलमा कोरोनाका कारण भेट्न अनुमति दिइएको छैन।

क्रुज ड्रग्स पार्टीको मुद्दामा पक्राउ परेका आर्यन हाल मुम्बईको आर्थर रोड जेलमा छन्। मुम्बईको विशेष एनडीपीएस अदालतले १४ अक्टोबरमा आर्यनको जमानतको फैसला सुरक्षित राखेको थियो। यस मुद्दाको अर्को सुनुवाई अक्टोबर २० मा हुनेछ।

अरबाज मर्चेन्ट, मुनमुन धमीचा र आर्यन खान सहित अन्य अभियुक्तहरु पनि २० तारिख सम्म जेलमा बस्नु पर्ने छ। अदालतले २० तारिखमा आर्यन सहित अन्य अभियुक्तहरुको जमानतमा फैसला सुनाउनेछ।

अक्टोबर २ मा मुम्बईको समुद्री किनारमा क्रुज सिपमा भएको एक पार्टीमा छापा मारेर आर्यनसहित अन्य सात जनालाई एनसीबीले पक्राउ गरेको थियो। छापाबाट एनसीबीले १३ ग्राम कोकेन, २१ ग्राम चरेस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडी फेला पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell