PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेश २ मा मनाइयो पैगम्बर दिवस



प्रदेश २ मा मनाइयो पैगम्बर दिवस

वीरगंज : प्रदेश २ मा मंगलवार पैगम्बर दिवस मनाइएको छ। मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मद, सल्लल्लाहु अलैही वसल्लमको जन्म जयन्तीको अवसरमा प्रदेश २ सरकारले बिदा दिएको थियो।

वीरगंजमा गहवा मस्जिदको आयोजनामा प्रभातफेरी गरी यो दिवस मनाइएको छ। मुस्लिम धर्मावलम्वीहरुले धर्म प्रवर्तक पैगम्बरको जन्म दिन परेकोले यो दिवस मनाउने चलन छ।

पहिले संघ सरकारले बिदा नदिए तापनि प्रदेश २ सरकारले यो दिवसमा बिदा दिने गरेको छ। संघ सरकारभन्दा प्रदेश २ सरकारले ११ वटा बिदा बढी दिने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell