PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पाँचौँ हिन्द महासागर सम्मेलनमा नेपालको प्रतिबद्धता : २०४५ सम्ममा ‘नेट जिरो कार्बन इमिसन’ हासिल गर्ने



पाँचौँ हिन्द महासागर सम्मेलनमा नेपालको प्रतिबद्धता : २०४५ सम्ममा ‘नेट जिरो कार्बन इमिसन’ हासिल गर्ने
फोटो : परराष्ट्र मन्त्रालय।

काठमाडौं : पाँचौँ हिन्द महासागर सम्मेलनमा नेपालले सन् २०४५ सम्ममा ‘नेट जिरो कार्बन इमिसन’ हासिल गर्न प्रतिबद्ध रहेको जनाएको छ।

सम्मेलनमा सम्बोधन गर्दै परराष्ट्र सचिव तथा नेपाली प्रतिनिधिमण्डलका प्रमुख भरतराज पौड्यालले नेपाल यस क्षेत्रको पर्यावरणमा योगदान गर्दै २०४५ सम्ममा स्वच्छ ऊर्जाको अंश बढाउन र ‘नेट जिरो कार्बन इमिसन’ हासिल गर्न प्रतिबद्ध रहेको बताएका छन्

उनले हिन्द महासागरको सुरक्षा, दिगोपन र आर्थिक सम्भावनाहरूमा नेपालको महत्व रहेको बताए। नेपालमा देशभित्र मात्र नभई दक्षिण एसियामा पनि आर्थिक वृद्धिलाई अघि बढाउन जलविद्युत उत्पादन गर्ने प्रचुर सम्भावना भएको उनले उल्लेख गरे।

उनले भने, ‘हाम्रो उच्च भूमिलाई हिन्द महासागरसँग जोड्न कनेक्टिभिटीको 'हार्डवेयर' र 'सफ्टवेयर' हाम्रो प्राथमिकता हो र यसमा सडक, रेलवे, जलमार्ग र पावर ग्रिड इन्टरकनेक्सन समावेश छ।’

पर्यावरण, अर्थतन्त्र र महामारी सम्बन्धी चुनौतिहरूको सामना गर्न नेपाल हिन्द महासागर क्षेत्रका सबै देशहरूसँग मिलेर काम गर्न तयार रहेको उनले स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell