PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रदेश अधिवेशनबाट निर्वाचित भएकाहरुलाई रामचन्द्र पौडेलको बधाई



प्रदेश अधिवेशनबाट निर्वाचित भएकाहरुलाई रामचन्द्र पौडेलको बधाई

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा प्रदेश अधिवेशनमार्फत सभापति, पदाधिकारी र सदस्यमा निर्वाचितहरुलाई बधाई दिएका छन्। बधाई दिँदै वरिष्ठ नेता पौडेलले कांग्रेसको रुपान्तरणमार्फत राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुन अनुरोध समेत गरेका छन्।

इतिहासमै कमजोर देखिएको कांग्रेसलाई सिद्धान्त र आदर्श अनुरुप स्वच्छ र जनमुखी बनाउने संघर्षमा उत्साहपूर्वक क्रियाशील रहन पौडेलको अनुरोध छ।

उनले भनेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सहभागी हुनुभएका सम्पूर्ण साथीहरुलाई निरुत्साहित नभई इतिहासमै कमजोर देखिएको हाम्रो पार्टीलाई सिद्धान्त र आदर्श अनुरुप स्वच्छ र जनमुखी बनाउने संघर्षमा उत्साहपूर्वक क्रियाशील रहन अनुरोध गर्दछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell