PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

घरेलु मैदानमा पुलिससँग भिड्दै मनाङ, दुबै टिमको जित निकाल्ने दाबी



घरेलु मैदानमा पुलिससँग भिड्दै मनाङ, दुबै टिमको जित निकाल्ने दाबी

पोखरा : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको पाँचौं चरणको खेल भोलि पोखरा रंगशालामा हुँदैछ। पोखरामा पहिलोपटक हुन लागेको खेलमा भोलि विभागीय टिम नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्।

भोलिको खेलअघि शुक्रवार अखिल नेपाल फुटबल संघले आयोजना गरेको प्रि-म्याच कन्फ्रेन्समा दुबै टिम उत्कृष्ट नतिजा आउनेमा विश्वस्त सुनिन्छन्। पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले जित्नकै लागि खेल खेल्न आइपुगेको बताए।

‘हामी जित्नको लागि खेल्दै छौँ, मनाङविरुद्धको खेलमा हाम्रो तयारी राम्रो छ,’ थापाले भने।

थापाले मनाङसँगको खेल प्रतिस्पर्धात्मक हुने बताए।

‘मनाङसँगको खेल चुनौतिपूर्ण हुन्छ उनीहरु सशक्त अपोनेन्ट हुन्’, थापाले भने, ‘तर, हामी पनि केही राम्रो गरेर जान्छौँ।’

घरेलु मैदान रहेको पोखरा रंगशालामा नेपाल पुलिसलाई पनि दर्शकले उत्तिकै सपोर्ट गर्ने थापाको आशा छ।

‘पक्कैपनि मनाङको घरेलु मैदान भएपछि दर्शकको सपोर्ट उत्तिकै छ, तर हामीलाई पनि उहाँहरुको सपोर्ट छ,’ उनले भने।

यता, घरेलु मैदानमा भिड्न लागेको मनाङ पनि पुलिस विरुद्धको खेलमा जित निकाल्न तयार छ। टिमका प्रशिक्षक राजेन्द्र तामाङ घरेलु मैदानबाट मनाङ निराश भएर नफर्किने बताउँछन्।

‘जित हासिल गर्न राम्रो प्लान गरेका छौँ यो हाम्रो लागि होम ग्राउन्ड पनि हो। पोखरेलीको साथ उत्तिकै हुन्छ’, तामाङले भने, ‘हामी दर्शकको मन जितेर जान्छौँ।’

खेल भोलि शनिवार दिउँसो २ बजे पोखरा रंगशालामा हुँदैछ। दुबै टिम पोखरेली फुटबल दर्शकका लागि नयाँ होइनन्। मनाङ घरेलु मैदानमा उत्रिदै छ भने नेपाल पुलिस आफूलाई राम्रो मानिने मैदानमा भिड्द‌ै छ।

‘ए’ डिभिजन लिग अन्तर्गतको तीनवटा खेल पोखरा रंगशालामा हुन लागेको हो। ३, ११ र २४ पुषमा पोखरामा लिगका तीन खेल हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell