PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजनीतिक दलले प्रधानन्यायाधीशको बहिर्गमनबारे बोल्नुपर्छ : बार अध्यक्ष श्रेष्ठ



राजनीतिक दलले प्रधानन्यायाधीशको बहिर्गमनबारे बोल्नुपर्छ : बार अध्यक्ष श्रेष्ठ
FILE PHOTO

नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरुले निर्णय गर्नुपर्ने बताएका छन्।

मंगलवार बार एसोसिएशनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएशनको भवन परिसरमा अधिवक्ताहरुलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनको लागि सबै राजनीतिक दलहरुलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताएका हुन्।

'नेपाल बार एसोसिशसनले प्रधानन्यायाधीशको बर्हिगमनको माग्दै १७ बुँदा विभिन्न दलहरुलाई पनि दिइसकेका छौँ। प्रधानमन्त्रीदेखि लिएर प्रतिपक्ष दलका नेता, सबैका संसदीय दलका नेताहरुलाई हामीले दिइसकेका छौँ। उहाँहरुले यो विषयमा आफ्नो निर्णय गर्नुपर्छ। मुकदर्शक भएर बस्नु भनेको न्यायपालिकालाई भ्रष्टाचारमा डुबाइराख्ने उहाँहरुको उद्देश्य हो भने त्यही अनुसार भन्नुपर्‍यो' उनले भने।

राजनीतिक दलहरु न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मुकदर्शक भएर बस्न नमिल्ने उनको भनाई छ।

'उहाँ नांगिदैमा न्यायपालिका सप्रिन्छ ? न्यायपालिकाको प्रशासन यो ढंगबाट चल्न सक्छ ? के हामी यो चाहन्छौ ? उहाँ नांगिनुभएको छ भने घरमा गएर नांगिनुस्। न्यायपालिकालाई नांगिन नदिनुस्। तपाईँले राजीनामा गर्नुस्। वर्हिगमन हुनुस् भन्नेकुरा हामीले उहाँलाई अनुरोध गर्दै आएका छौँ' श्रेष्ठले प्रधानन्यायाधीशलाई लक्षित गर्दै भने।

प्रधानन्यायाधीशको राजीनामा माग्दै भइरहेको आन्दोलन केही दिनदेखि स्थगन पछि पुनः सुरु भएको हो। जबराले राजीनामा नदिएसम्म विरोधको कार्यक्रम जारी रहेको बारले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell