PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रौतहटबाट स्रोत नखुलेको साढे १४ लाखसहित एक भारतीय नागरिक फक्राउ



रौतहटबाट स्रोत नखुलेको साढे १४ लाखसहित एक भारतीय नागरिक फक्राउ

वीरगंज : सशस्त्र प्रहरीले रौतहटबाट स्रोत नखुलेको साढे १४ लाखसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। आइतवार अपरान्ह पौने ४ बजे चेकिङको क्रममा परोहा नगरपालिका वडा नम्बर १ जिगडवा बेलबिछुवास्थित सशस्त्र प्रहरीको चेक प्वाइन्टमा भारतको बिहार राज्य पूर्वी चम्पारण तिलघराकला-७ बस्ने ३९ वर्षीय सञ्जय कुमार जैसवालको साथबाट स्रोत नखुलेको साढे १४ लाख बरामद भएको हो।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी नेपाल छिन्नमस्ता बाहिनी महोत्तरीका डीआईजी गणेश ठाडा मगरले जानकारी दिए। बीआर ०५ जी ८०५६ नम्बरको भारतीय मोटरसाइकलको सिट मुनी र खुट्टामा लुकाएर भारतबाट नेपाल आएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको जिगडवा बेलबिछुवा बेस क्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक बमबहादुर दर्जीले बताए।

पक्राउ परेका जैसवालमाथि बैंक तथा वित्तीयसम्बन्धि कसुरमा रौतहट प्रहरीमा मुद्दा चलाउन पठाउने तयारी भएको सशस्त्र प्रहरी प्रदेश २ ले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell