PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रमोद निर्वाणको ‘मायामा तिम्रो मायामा’ बोलको गीत सार्वजनिक



प्रमोद निर्वाणको ‘मायामा तिम्रो मायामा’ बोलको गीत सार्वजनिक

काठमाडौं : गायक प्रमोद निर्वाणको ‘मायामा तिम्रो मायामा’ बोलको गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युबच्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।

निर कमल खड्काको शब्द रहेको गीतमा प्रमोद निर्माणले स्वर भरेका छन्। साथै, गीतमा संगीत र एरेन्ज समेत प्रमोदको नै रहेको छ।

प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार भएको गीतको भिडियोमा सूर्य नेपाली र अन्जना दवाडीको अभिनय देख्न सकिन्छ। दवाडी टिकटकमा चर्चित छिन्।

रेगन क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोलाई दिपक गिरीको टिमको छायाङ्कन रहेको छ। यमुना कार्की खड्काको लगानीमा निर्माण भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell