PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हत्या अभियोगमा एक बृद्ध पक्राउ



हत्या अभियोगमा एक बृद्ध पक्राउ

काठमाडौं : मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर २ बस्ने ५५ वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका वडा नम्बर २ फडानी बस्ने ७० वर्षीय डम्बर बहादुर भुजेल रहेका छन्।

भुजेलले सोमवार साँझ करिब साढे सात बजे बुढाथोकीलाई टाउको र अनुहारमा बन्चरो प्रहार गरी हत्या गरको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले भुजेललाई पक्राउ गरेको हो।

उनीमाथि कर्तव्य ज्यान कसुरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell