PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमाले अछामको अध्यक्षमा ओली पक्षका चन्द्र बोहोरा निर्वाचित



एमाले अछामको अध्यक्षमा ओली पक्षका चन्द्र बोहोरा निर्वाचित

काठमाडौं : नेकपा (एमाले) अछामको अध्यक्षमा चन्द्र बोहोरा निर्वाचित भएका छन्। उनी पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका हुन्।

बोहोराले नेता भीम रावल पक्षका उम्मेद्वार प्रकाशबहादुर शाहलाई पराजित गरेका हुन्। निर्वाचन समितिका अनुसार बोहोराले ४३२ मत ल्याउँदा शाहले ३०७ मत पाएका छन्।

यसअघि अछाममा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर अध्यक्ष थिए। कुँवर अहिले नेकपा (एकीकृत समाजवादी) मा छन्।

त्यस्तै, उपाध्यक्ष पदमा भने रावल पक्षका बलबहादुर कुँवर विजयी भएका छन्। उनले भीमबहादुर विष्टलाई हराएका हुन्। कुँवरको ३८६ मत आउँदा विष्टको ३१३ मत आएको छ

यसैगरी, सचिव पदमा रावल पक्षकै उम्मेद्वार भीमबहादुर रावल (कालो टोपी) विजयी भएका छन्। उपसचिवमा डम्बर बिसी र प्रेमबहादुर महर विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell