PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

लिम्पियाधुरा प्रकरणबारे भारतीय दूतावासले भन्यो : नेपाल-भारत सीमाका सम्बन्धमा भारतको धारणा यथावत छ



लिम्पियाधुरा प्रकरणबारे भारतीय दूतावासले भन्यो : नेपाल-भारत सीमाका सम्बन्धमा भारतको धारणा यथावत छ
फाइल फोटो : भारतीय राजदूतावास

काठमाडौं : नेपालस्थित भारतीय राजदूतावासले नेपाल-भारत सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रुपमा यथावत रहेको स्पष्ट पारेको छ। नेपाल-भारत सीमा समस्याबारे हालै नेपालमा आएका समाचार एवं विज्ञप्तिबारे मिडियाले सोधेको प्रश्नमा भारतीय राजदूतावासका प्रवक्ताले यस्तो प्रतिक्रिया दिएका हुन्।

दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरु वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने आफूहरुको धारणा रहेको प्रवक्ताको प्रतिकृया छ।

‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धि विषयहरुलाई सधैँ हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ,’ दूतावासले भनेको छ।

केही साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपाली भूमि लिम्पाधुरामा सडक निर्माण भइरहेको बताएका थिए। मोदी आफैले नेपाली भूमिमा सडक बनेको बताएपनि शेरबहादुर देउवा नेतृत्वको सरकारले भने यस विषयमा केही बोलेको छैन।

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा जारी गरेपछि भारतले ‘ऐतिहासिक प्रमाण बिनाको’ भनेर प्रतिक्रिया दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell