PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भूगोल पार्कमा मनाइयो भूकम्प स्मृति दिवस



भूगोल पार्कमा मनाइयो भूकम्प स्मृति दिवस

काठमाडौं : २४ औं भूकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। काठमाडौंको भूगोल पार्कमा भने स्मृति सभा आयोजना गरियो। सभामा गृहमन्त्री बालकृष्ण खाँणले, विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त र अन्तर सरकार र आन्तरिक समन्वयमा बलियो बनाउँदै लानुपर्ने बताए।

‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन्। त्यसैकारण कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नु पर्ने अवस्था छ,’ गृह मन्त्री खाँणले, भूकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माण र कोभिड १९ को संक्रमणबाट बच्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताए।

१९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आइतवार बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरिएको हो। सभामा महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्भावित विपत पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताए। भूकम्पले भौतिक संरचनामा पुर्‍याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको सन्दर्भ उठाउँदै मेयर शाक्यले भने, ‘काठमाडौँमा अझै पनि टेकाका भरमा सांस्कृतिक संरचना अडिएका छन्। यी संरचना पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा छन्। महानगरको स्वामित्वमा भएका सबै भौतिक संरचना पुननिर्माण भएको वा निर्माणाधीन अवस्थामा छन्। टेका लगाएका भौतिक संरचना पुननिर्माण गर्न हामीलाई दिनोस्, हामीले अनुरोध गरेका हौँ। तर, जिम्मेवारी पाएनौँ।’

स्मृति सभामा महानगरको विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले, वडा स्तरीय विपद व्यवस्थापन समितिमार्फत टोल टोलमा भएका जोखिमको पहिचान गर्ने र सम्भावित विपत्तिका सामना गर्न क्षमता बढाउने काम भइरहेको उल्लेख गरे।

भूगोल पार्कको स्मृति सभापछि गृहमन्त्री खाँणले जुद्ध बारुण यन्त्र कार्यालय भवनको निरीक्षण अवलोकन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell