PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

११ किलो अवैध चाँदीसहित सिमराबाट एक भारतीय नागरिक पक्राउ



११ किलो अवैध चाँदीसहित सिमराबाट एक भारतीय नागरिक पक्राउ

वीरगंज : बारा प्रहरीले ११ किलो चाँदीसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्ला बस्ने २३ वर्षीय सुनिल गुप्ता रहेका छन्।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित नेपाल टेलिकम चोकबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाले बताए। गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना ३३ प ८५२६ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटन बनाई १२ लाख ४२ हजार ९ सय ७३ मूल्य बराबरको ११ किलो ५०० ग्राम चाँदीको तयारी पाउजु, बाला, चाबि रिङ, बुट्टी तथा कल्लीसहितका गहनाहरू फेला परेको प्रहरीले बताएको छ। गुप्तालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको  छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell