PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रहेनन् भारतका 'कथक नृत्यकार' बिर्जु महाराज



रहेनन् भारतका 'कथक नृत्यकार' बिर्जु महाराज

भारतीय 'कथक नृत्यकार' बिर्जु महाराजको ८३ वर्षको उमेरमा निधन भएको छ। दक्षिण भारतको पौराणिक शास्त्रिक नाच कथकका प्रख्यात नृत्यकार बिर्जुको सोमवार निधन भएको हो।

पीटीआईका अनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो। भारतीय नृत्यकलालाई विश्वभर विशिष्ट पहिचान दिने बिर्जुको निधनले दु:खी बनाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा उल्लेख गरेका छन्।

४ फेब्रुअरी १९३७ मा लखनऊको कथक परिवारमा जन्मेका हुन् बिर्जु। उनका बुवा र काका चर्चित कलाकारमा पर्छन्। ९ वर्षको छँदा बुवाको मृत्यु भएपछि परिवारको जिम्मेवारी बिर्जुले नै सम्हाले। त्यसपछि उनले आफ्ना काकासँग कथक नृत्य सिक्न थाले।

केही समयपछि उनी दिल्ली आए। दिल्ली आएर उनले संगीत भारतीमा बालबालिकाहरुलाई कथक सिकाउन शुरु गरे। कथक केन्द्र (दिल्ली)को कार्यभार पनि उनले सम्हाले।

उनले सन् १९९८ मा कलाश्रम केन्द्रको स्थापना गरेका थिए। बिर्जुले कथकका साथै फिल्मको लागि कोरियोग्राफी समेत गरेका छन्। उनी पद्म विभुषणलगायत संगीत नाटक एकेडेमी अवार्ड, कालिदास सम्मान र उत्कृष्ट कोरियोग्राफी अवार्डबाट समेत सम्मानित भइसकेका छन्।

उनले सत्यजीत रायको 'शतरंज के खेलाडी', 'दिल तो पागल है', 'गदर', 'देवदास' ,'बाजीराव मस्तानी' जस्ता फिल्ममा नृत्य निर्देशन गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell