PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रदेश २ को नामाकरण : 'मधेस प्रदेश' प्रस्तावमा मतदान शुरु



प्रदेश २ को नामाकरण : 'मधेस प्रदेश' प्रस्तावमा मतदान शुरु

जनकपुरधाम : प्रदेश २ को नामाकरणका लागि मतदान प्रक्रिया शुरु भएको छ। तीन दलको संयुक्त प्रस्ताव 'मधेस प्रदेश'को पक्षमा मतदान शुरु भएको हो।

प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव 'मधेस प्रदेश'मा मतदान शुरु भएको छ। शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम 'मधेस प्रदेश' कायम गर्न शैलेन्द्र कुमार यादवले पेश गरेको प्रस्तावमा मतदान शुरु भएको हो।

त्यस्तै, प्रमोद कुमार यादवले प्रदेश २ को नाम 'जानकी प्रदेश', शिवचन्द्र चौधरीले 'मिथिला भोजपुरा' र राजेश्वर प्रसाद शाहले 'मध्य मधेस' प्रदेश कायम गर्न प्रस्ताव गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell