PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सत्तारुढ गठबन्धनको उच्चस्तरीय समितिको बैठक बालुवाटारमा जारी



सत्तारुढ गठबन्धनको उच्चस्तरीय समितिको बैठक बालुवाटारमा जारी
फोटो : गंगा दाहाल

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनको उच्चस्तीरय समन्वय समितिको बैठक बालुवाटारमा शुरु भएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिको बैठकमा स्थानीय तह निर्वाचनको मितिबारे छलफल हुने बताइएको छ।

निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ। यसबारेमा छलफल गर्न आयोगले केही दिन अघि सर्वदलीय बैठकसमेत बोलाएको थियो।

कोरोना संक्रमण मुक्त भएपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। त्यही भेटका क्रममा निर्वाचनको मितिबारे छलफल गर्न मंगलवारका लागि बैठक बोलाउने तय भएको हो।

स्थानीय तहको मितिबारे छलफल गर्नका लागि बैठकमा संसद् खुलाउनेदेखि सर्वोच्च अदालतमा भइरहेको समस्याको बारेमासमेत छलफल हुने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell