PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कास्कीमा सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो, गण्डकी प्रदेशमा थप ६२६ जनामा संक्रमण पुष्टि



कास्कीमा सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो, गण्डकी प्रदेशमा थप ६२६ जनामा संक्रमण पुष्टि

पोखरा : पछिल्लो २४ घण्टामा कास्कीसहित गण्डकी प्रदेशमा थप ६ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कास्कीमा मात्र थप ३ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कास्कीमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय १६ जना पुगेको छ।

यस्तै, आज गोरखामा २२, मुस्ताङमा १, म्याग्दीमा २५, लमजुङमा ५०, तनहुँमा ४१, नवलपरासी पूर्वमा २६, स्याङ्जामा ६९, पर्वतमा ७ र बागलुङमा ३८ जनामा संक्रमण पुष्टि भएको छ।

आज थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय २० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell