PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

महिला हक्की : मधेश प्रदेशको जित, सुदूरपश्चिम र गण्डकी बराबरीमा रोकिए



महिला हक्की : मधेश प्रदेशको जित, सुदूरपश्चिम र गण्डकी बराबरीमा रोकिए
तस्विर : राखेप

काठमाडौं : मधेश प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा बुधबार जित हात पारेको छ।

विरगंजमा भएको समूह ‘ए’ को लिग खेलमा मधेशले प्रदेश १ लाई २–० गोलले पराजित गर्‍यो। मधेशका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले १–१ गोल गरे। गीता ‘वुमन अफ द म्याच’ घोषित भइन्।

बुधबार भएको समूह ‘बी’ को लिगमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले गोलरहित बराबरी खेले। गण्डकीकी कमलादेवी घर्ती पुन ‘वुमन अफ द म्याच’ चुनिइन्।

प्रतियोगितामा ६ टिम सहभागी छन्। समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, मधेश प्रदेश र प्रदेश १ तथा समूह ‘बी’ मा सुदूरपश्चिम, गण्डकी र दोश्रो संस्कणको विजेता लुम्बिनी छन्। आर्मी पहिलो संस्करणको पनि विजेता हो।

प्रतियोगिताको फाइनल खेल माघ ८ गते हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell