PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

सुर्खेतस्थित प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दै, ६१ जना स्वास्थ्यकर्मीमा कोभिड संक्रमण



सुर्खेतस्थित प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दै, ६१ जना स्वास्थ्यकर्मीमा कोभिड संक्रमण

सुर्खेत : बिरामीको चाप हुने प्रदेश अस्पतालमा स्वास्थ्यर्मी नै कोभिड-१९ संक्रमित बनेपछि सेवा प्रवाहमा कठिनाई भएको छ। तीव्र रुपमा फैलिरहेको कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) संक्रमणले प्रदेश अस्पताल सुर्खेतका मात्रै ६१ जना स्वास्थ्यकर्मी संक्रमित बन्न पुगेका हुन्।

दरबन्दी अनुसारको कर्मचारी नभएको अस्पतालमा एकातिर बिरामीको संख्या बढ्दै गएको छ भने अर्कोतिर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै संक्रमित बन्दा सेवा प्रवाहमा सकस भएको हो।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार अस्पतालको विभिन्न वार्डमा कार्यरत ६१ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ। एक सय ३९ बेडको कोभिड अस्पताल सञ्चालन गरेको प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सक, स्टाफ नर्स, अन्य स्वास्थ्यकर्मी र कार्यालय सहयोगी गरी आइतवारसम्म ६१ जना कर्मचारीमा संक्रमण देखिएको हो।

‘सामान्य अवस्थामै अस्पतालमा दरबन्दी अनुसार कर्मचारी नहुँदा जनशक्तिको अभाव त छँदै छ’, डाक्टर खड्काले भने, ‘अहिले अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ भने भएका जनशक्ति पनि संक्रमित बन्दा सेवा प्रवाहमा अप्ठ्यारो त पर्ने नै भयो।’

अस्पतालमा उपलब्ध जनशक्तिबाट अधिकतम समय सेवा प्रवाहमा खटिएकाले अन्तिम अवस्थासम्म बिरामीको उपचारमा लाग्ने उनको भनाइ छ। सकेसम्म सेवा प्रवाहमा कुनै अवरोध नगराएर नियमित रुपमा सेवा दिने प्रयास गरिरहेको उनले बताए।

अहिले दैनिक ७० देखि १०० जना बिरामीको संख्या बढ्दै गएको र भएका जशक्ति पनि संक्रमित बन्दा सेवा प्रवाहमा बाधा नपुगोस् भनेर प्रदेश सरकारसँग कर्मचारी माग गरिएको डा खड्काको भनाइ छ।

अहिले अस्पतालले कोभिड बिरामीका लागि एक सय ३९ अक्सिजन सहितको बेड, २० वटा आईसीयू बेड र सात वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएको निर्देशक खड्काले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell