PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पत्रकारको प्रश्नमा रिस थाम्न सकेनन् बाइडेनले : भने, 'स्टुपिड, सन अफ बि***'



पत्रकारको प्रश्नमा रिस थाम्न सकेनन् बाइडेनले : भने, 'स्टुपिड, सन अफ बि***'
फोटो : AP

अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकार सम्मेलनमै गाली गरेको विषयले अहिले सामाजिक सञ्जाल तातेको छ। ह्वाइट हाउसमा भएको बैठकपछि पत्रकारसँग सवालजवाफका क्रममा बाइडेनले फक्स न्युजका पत्रकार पिटर डक्कीलाई हाँस्दै गाली गरेका हुन्।

अमेरिकामा बढेको महंगीबारे प्रश्न गरेपछि बाइडेनले ती पत्रकारलाई 'स्टुपिड, सन अफ बि***' भन्दै गाली गरेका हुन्। महंगीले आउँदो निर्वाचनमा डेमोक्रेटिक पार्टीलाई कति नोक्सान हुन्छ भनी प्रश्न सोधेका थिए। जवाफमा उनले मुद्रस्फितिबारे उल्लेख गर्दै पार्टीलाई फाइदा नै हुने भन्दै गाली गरेका हुन्।

राष्ट्रपति बाइडेनलाई युक्रेनमा सेना पठाउन लागेको विषयमासमेत पत्रकारहरुले प्रश्न गरेका थिए। यद्यपि उनले यसको जवाफ भने फर्काएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell