PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पश्चिम बंगालमा पूर्व मुख्यमन्त्रीद्वारा पद्म भुषण अवार्ड लिन अस्विकार



पश्चिम बंगालमा पूर्व मुख्यमन्त्रीद्वारा पद्म भुषण अवार्ड लिन अस्विकार
Photo Credit: Ashoke Chakrabarty/thehindu

पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टचर्जीद्ले पद्म भुषण अवार्ड अस्विकार गरेका छन्। भारतको ७३ औं गणतन्त्र दिवसका अवसरमा त्यहाँको गृह मन्त्रालयले उनलाई उक्त अवार्ड दिने घोषणा गरेको थियो।

सार्वजनिक मामिलामा बुद्धदेवलाई उक्त अवार्ड प्रदान गरिने तयारी थियो। आफूलाई यस अवार्डबारे केही जानकारी नभएको उल्लेख गर्दै बुद्धदेवले अवार्ड नलिने घोषणा गरेको द हिन्दुले जनाएको छ।

'मलाई यस अवार्डबारे केही थाह छैन। कसैले पनि मलाई यसबार बताएनन् पनि। यदि उनीहरुले मलाई पद्म भुषण दिने निर्णय गरेका हुन् भने म यसलाई स्विकार गर्न सक्दिनँ,' बुद्धदेवले वक्तव्यमार्फत भनेका छन्। बुद्धदेव सन् २००० देखि २०११ सम्म पश्चिम बंगालका मुख्यमन्त्री थिए। हाल ७७ वर्ष पुगेका उनी स्वास्थ्य समस्याका कारण राजनीतिक जीवनमा सक्रिय छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell