PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकाको पिटस्बर्गमा पुल भत्किँदा १० जना घाइते, एकैसाथ खसेको थियो ६ सवारी साधन



अमेरिकाको पिटस्बर्गमा पुल भत्किँदा १० जना घाइते, एकैसाथ खसेको थियो ६ सवारी साधन
फोटो : Getty Images

अमेरिकाको एक सहरमा रहेको पुल भत्कँदा १० जना मानिस घाइते भएका छन्। पिटस्बर्गमा रहेको उक्त पुल बससमेत गरी ६ वटा सवारी साधन रहेको बेला भत्किएको थियो।

घटनामा परी घाइते भएका तीन जना अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ। राष्ट्रपति जो बाइडेन यही क्षेत्रको पूर्वाधारको निरीक्षण भ्रमणमा पुगेका थिए। बाइडेन पुग्नुकेही समयअघिमात्र पुल भत्किएको बताइएको छ।

शुक्रवार घटना हुनसाथ उनीहरुको उद्धारमा त्यहाँका अग्नि नियन्त्रक खटेका थिए। पिटस्बर्गका मेयर इड गनीले पुल १९७० मा बनेको बताए। फेडेरल ट्रन्सपोर्टेसन अधिकारीका अनुसार अमेरिकाका ३ हजार पुलहरुको अवस्था जीर्ण रहेको बताएका छन्। गत नोभेम्बरमामत्र राष्ट्रपति बाइडेनले यस्त पुलहरु पुनर्निर्माण र सडक मर्मत गर्न ११० बिलियन अमेरिकी डलर बजेटमा हस्ताक्षर गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell