PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रेम कविता : आदत



प्रेम कविता : आदत

— निरज भट्टराई

अनौठो आदत छ तिम्रो!

परेलीबाट टुटेका रौं
हत्केलामा राखी
आँखा बन्द गर्छ्यौ
र, बिस्तारै फूsss गरेर उडाइदिन्छ्यौ
भन्छ्यौ- यसरी मागेको पुग्छ

तिमीले हरेकपल्ट यसैगरी
मलाई मागेकी थियौ सायद…
हैरान भएर ईश्वरले आज
मलाई तिम्रो परेलीमा राखिदिए

नियालेर हेरिनौ या चिनिनौ
यसपल्ट टुटेको म थिएँ

सधैं झैं
हत्केलामा राखी आँखा बन्द गर्‍यौ
र, बिस्तारै फुकिदियौ…

तिम्रो हत्केलामै थिएँ म
तिमीले मलाई फेरि मागिदियौ।

(ऋतुरंग फाउन्डेसनद्वारा प्रकाशित भट्टराईको कवितासंग्रह 'धुवाँको धागो'बाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell