PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्मिता घिमिरेको ‘हराएको मुस्कान’ सार्वजनिक



स्मिता घिमिरेको ‘हराएको मुस्कान’ सार्वजनिक

काठमाडौं : गायिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ। काठमाडौँमा आइतवार पत्रकार सम्मेलन गर्दै पुस्तक सार्वजनिक गरिएको हो। पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरियो। कार्यक्रममा स्मिता घिमिरेको स्वरमा रहेको नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको थियो।

‘हराएको मुस्कान’ लोकार्पण तथा सम्मान समारोहमा विभिन्न क्षेत्रका १३ जनालाई सम्मान गरियो। सम्मान हुनेहरुमा स्व. तारानाथ शर्मा, विष्णु प्रभात, दिपक जंगम, कमल कोइराला, नवराज सुवेदी, कुन्ती मोक्तान, बलराम अर्याल, मनिषा कोइराला, उन्नति बोहोरा शिला, रमना श्रेष्ठ, बेन्जु सरोज, डा.प्रकाश सायमी, डा.सुदिप श्रेष्ठ रहेका थिए।

उपन्यास लोकार्पणमा बटुकहरुबाट बेदोचरण गर्दै सम्मानित व्यक्तित्वहरुको हातबाट पुस्तक सार्वजनिक गरिएको थियो। कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले पुस्तकको समिक्षा गरेका थिए। राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा उपन्यासमा लेखिका स्वयं आफै म पात्र भएर प्रस्तुत भएकी छिन्। कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले लेखिकाको प्रसंशा गरिन्। क्यान्सर रोगबाट पीडित कोइरालाले क्यान्सर लाग्दैमा डराइहाल्नु नपर्ने बताइन्। लेखिका घिमिरे पनि क्यान्सरबाट पीडित भएकी थिइन्। उनले आफ्नो आमाको नाममा ट्रस्ट स्थापना गरी क्यान्सर पीडितको उपचारमा सहयोग गर्दै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell