PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विजयराजको 'के कसरी लेख्ने?'



विजयराजको 'के कसरी लेख्ने?'

काठमाडौं : साहित्यकार विजयराज आचार्यले विभिन्न विधामा कलम चलाउन इच्छुकहरुका लागि लक्षित गरी लेखनकला किताब सार्वजनिक गरेका छन्। विवेक सिर्जनशील प्रकाशनबाट प्रकाशित 'के कसरी लेख्ने?' शीर्षकको किताब लेखनप्रति रुचि भएकालाई उपयोगी हुने लेखक आचार्यले बताए।

बाल साहित्यमा चिनिएका आचार्य पछिल्लो समय कथालेखनदेखि साहित्य लेखन प्रशिक्षणमा सक्रिय रहँदै आएका छन्। प्रशिक्षणको क्रममा अभिमुखीकरण दिने र सिकाइ पाठका लागि उपयोगी किताब नभेटिएपछि आफूले किताब प्रकाशन गरेको उनले बताए।

किताब शिक्षकशिक्षका, स्कुल सञ्चालक, अभिभावक, साहित्यकर्मीका लागि उपयोगी हुने त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक एवं साहित्यकार महेश पौड्यालले बताएका छन्। यस्तै डा विन्दु शर्माले लेखकीय प्रतिभामा निखार ल्याउन किताब उपयोगी हुने बताएका छन्।

कथालेखनदेखि आत्मकथा लेखनसम्मको रचना प्रक्रिया उल्लेख गरिएको किताबको मुल्य २५० रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell