PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धेरै मानिसहरुमा दोहोरिएर किन संक्रमण भइरहेको छ कोरोना?



धेरै मानिसहरुमा दोहोरिएर किन संक्रमण भइरहेको छ कोरोना?
फोटो : Getty Images

कोभिड-१९ महामारीको प्रारम्भिक दिनहरूमा एकै व्यक्तिलाई दुई पटक संक्रमण भएको सुन्नु अत्यन्तै दुर्लभ थियो। तर, अब त्यस्तो अवस्था छैन, विशेष गरी नोभेम्बर २०२१ को अन्त्यमा ओमोक्रन भेरियन्ट देखिएपछि।

दोस्रो पटक संक्रमित हुनेहरु किन बढिरहेका छन्?

यसमा ओमोक्रन भेरियन्टको धेरै हात छ। यो भेरियन्ट पहिलेको संक्रमणबाट निर्माण भएको प्रतिरक्षा छल्न सफल भएको बताइएको छ।

त्यस्तै, अर्को पक्ष भनेको संख्या हो। हामीमध्ये धेरै जना पहिले नै कुनै न कुनै बिन्दुमा संक्रमित भइसकेका छौँ। नयाँ संक्रमणको बढ्दो अनुपात दोस्रो चरण हो।

तर, ओमोक्रनको नयाँ संस्करणबाट पनि छोटो समयमा दुई पटक कोभिड संक्रमण हुने सम्भावना अझै कम नै छ। र, दोस्रो पटक संक्रमित हुँदा धेरैजसो मानिसहरू पहिलो पटक जस्तो धेरै बिरामी पर्ने सम्भावना पनि कम हुन्छ।

दोस्रो पटक कोभिड लाग्ने सम्भावना कत्तिको छ?

अन्ततः हाम्रो प्रतिरक्षा प्रणाली विस्तारै कम प्रभावकारी हुँदै जान्छ भने अर्को तर्फ कोरोना भाइरसले पनि आफैँमा विकसित हुँदै नयाँ रुप लिँदै जान्छ।

अबको समयमा धेरै व्यक्तिहरू अन्य प्रकारका कोरोना भाइरसहरूबाट संक्रमित हुन सक्ने आशा गर्न सकिन्छ। जस्तै सामान्य रुघाखोकीको लक्षणहरू निम्त्याउने भाइरस जुन जीवनमा धेरैपटक देखिन सक्छ।

तर, महामारीको सुरुवाततिर कोभिडको मामलामा भने यस्तो अवस्था देखिएको थिएन। २०२१ को नोभेम्बरअघिसम्म बेलायतमा रेकर्ड गरिएका सबै संक्रमणहरूमध्ये १ प्रतिशतभन्दा कम संक्रमणलाई मात्रै पुन: संक्रमणको रूपमा लिइएको थियो।

तर, त्यसपछि ओमिक्रोनको संक्रमण व्यापक देखिन थाल्यो। यो हामीले पहिले देखेको कोरोना भाइरसको संस्करणहरू भन्दा निकै फरक छ।

यसको त्यही फरकपनाले यसलाई शरीरको प्रारम्भिक प्रतिरक्षा छल्न सजिलो बनायो। प्रारम्भिक प्रतिरक्षा अघिल्लो कोभिड संक्रमणहरूमा मात्रै आधारित थियो।

र, त्यसैले पुन: संक्रमणको दर यस वर्ष महामारीमा पहिले देखिएका दरहरूको तुलनामा लगभग १० गुणा बढी छ।

ओमिक्रोनको नयाँ संस्करण के कारणले फरक छ?

बीए.टू भनेर चिनिने यो नयाँ ‘स्प्रिङ’ ओमिक्रोनले धेरै देशको संक्रमण दरलाई उच्च विन्दुमा पुर्‍यायो।

अफिस फर नेसनल स्ट्याटिस्टिक्सका अनुसार बेलायतमा १९ मार्चपछि हरेक १६ मध्ये एक जनामा ​​कोभिड संक्रमण देखिएको थियो।

यो पहिलेको संस्करण ‘क्रिसमस’ ओमिक्रोन (बीए.वान) सँग मिल्दोजुल्दो भएपनि त्यो भन्दा बढी संक्रामक रहेको बताइएको छ।

यदि तपाईँलाई विगत केही महिनाभित्रमा कोभिड संक्रमण भएको छ भने त्यो ओमोक्रनको संस्करणका कारण भएको हुन सक्छ। जसले तपाईलाई अबका दिनमा संक्रमणविरुद्ध राम्रो सुरक्षा दिनेछ।

ओमोक्रनबाट दोस्रो पटक संक्रमित हुने सम्भावना ‘दुर्लभ’ छ, तर संक्रमित भने हुन सकिन्छ। कम उमेरका र खोप नलगाएका मानिसहरूमा पुन: संक्रमण धेरै देखिएको छ।

ओमोक्रन संक्रमण र खोपको संयोजनले शरीरलाई नयाँ संक्रमणसँग लड्नको लागि अझ राम्रो बनाउन सक्ने प्रयोगशाला अध्ययनहरूले देखाएको छ।

के यसले धेरै नै बिरामी बनाउँछ?

हालसम्म बीए.वानको तुलनामा बीए.टूले अस्पतालमा पर्‍याउने सम्भावना निकै कम छ।

यदि कोभिड परीक्षण गर्दा पोजिटिभ देखिइहाले पनि त्यसको अर्थ संक्रमित भएको नहुन पनि सक्ने इम्युनोलोजिस्ट प्रोफेसर एलिएनोर रिले बताउँछिन्। भन्छिन्, ‘तपाईँको नाक वा घाँटीमा भाइरस रहेको पनि हुन सक्छ।’

भाइरसलाई नाक र घाँटीभन्दा बाहिर राख्नु भन्दा खोपको सुरक्षा वा पहिलेको संक्रमणको प्रतिरक्षाबाट भाइरसलाई शरीरमा प्रवेश गर्न र गम्भीर क्षति पुर्‍याउनबाट रोक्नु बढी उपयोगी देखिन्छ।

‘यदि तपाईँलाई फेरि कोभिड पोजिटिभ देखियो तर स्वस्थ नै महसुस गर्नुभएको छ भने तपाईँको मुख्य चिन्ता विशेष गरी कमजोर व्यक्तिलाई संक्रमित नबनाउने तर्फ हुनुपर्छ,’ प्रोफेसर रिलेको सुझाव छ।

संक्रमणले अझै पनि त्यस्ता मानिसहरूलाई अस्पतालसम्म पुर्‍याउन सक्छ, जसको विशेष गरी कमजोर प्रतिरक्षा प्रणाली छ वा गम्भिर स्वास्थ्य अवस्था छ।

तर, कोभिड संक्रमणको उच्च दरको बाबजुद हालको लहरले जनवरीमा भन्दा कम मानिसहरूलाई अस्पतालसम्म पुर्‍याएको छ। यो किनभने हामीमध्ये धेरैसँग खोप र अघिल्लो संक्रमणहरूको बलियो प्रतिरक्षाको संयोजन छ।

बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell