PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्विडेनका साहित्यकारसँग बाल साहित्यबारे अन्तरक्रिया



स्विडेनका साहित्यकारसँग बाल साहित्यबारे अन्तरक्रिया

काठमाडौं : बालवाङ्मय तथा अनुसन्धान केन्द्रले स्विडेनका साहित्यकार अनिसुर रहमानसँग अन्तरक्रिया गरेको छ। नेपाल भ्रमणमा रहेका बेला रहमानसँग स्विडेनको पछिल्लो बाल साहित्यबारे अन्तरक्रिया भएको हो।

अनामनगरस्थित निम्तो रेस्टुरेन्टमा भएको कार्यक्रममा रहमानले स्विडेनको पछिल्लो बाल साहित्यको ट्रेन्डबारे आफ्नो प्रस्तुति दिएका थिए। बंगलादेशबाट स्विडेन पुगेर बाल साहित्य, कविता र नाट्य क्षेत्रमा सक्रिय रहेका रहमानले दक्षिण एसियाको बाल साहित्यलाई विश्वव्यापीकरण गर्नुपर्ने बताए।

बालवाङ्मयले स्विडेनमा नेपाली स्वादका बाल साहित्य पस्कन रहमानको सहयोग लिन सकिने केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले बताए। उनले नेपालमा चाँडै नै सार्क स्तरीय बाल साहित्य सम्मेलन गर्ने तयारी भएकोसमेत जानकारी दिए।

कार्यक्रममा केन्द्रका सल्लाहकारहरु रामबाबु सुवेदी, प्राडा रमेश भट्टराई, प्राडा चुडामणि बन्धु, सिर्जना शर्मालगायतले नेपाली बाल साहित्य र स्विडेनका बाल साहित्यसँग जोडेर रहमानसँग छलफल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell