PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भरतपुरमा मतगणना : वडा १ बाट भयो शुरु



भरतपुरमा मतगणना : वडा १ बाट भयो शुरु
फोटो : Hari Bhandhari

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकामा मतगणना शुरु भएको छ। चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रको ब्लक सीमा केही बेरअघिबाट मतगणना शुरु भएको हो। २९ वडा रहेको भरतपुरको मत वडा १ को रामनगर मावि र आदिकवी भानु माविमा खसेको मत अहिले गणना भइरहेको निर्वाचन आयोगले जनायो।

भरतपुरमा गठबन्धनबाट माओवादीकी रेनु दाहाल, एमालेबाट विजय सुवेदी प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका छन्। १ लाख ८५ हजार ७५२ मतदाता रहेको भरतपुरमा ६७ प्रतिशत मत खसेको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell