PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

म्याग्दीको धवलागिरिमा गठबन्धनको जित : अध्यक्षमा कांग्रेसका प्रेम र उपाध्यक्षमा माओवादीका रेशम



म्याग्दीको धवलागिरिमा गठबन्धनको जित : अध्यक्षमा कांग्रेसका प्रेम र उपाध्यक्षमा माओवादीका रेशम

म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन्।

स्थानीय तह चुनावमा धवलागिरिमा कांग्रेस–माओवादीले तालमेल गरेका थिए। गठबन्धनबाट अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुनले तीन हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले दुई हजार ८१२ मत पाएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए।

अध्यक्षमा नेकपा (एमाले)की उम्मेदवार थमसरा पुनले दुई हजार ५४८ र उपाध्यक्षमा सोही पार्टीका प्रगति कार्कीले दुई हजार ६१८ मत पाए। सात  वडा रहेको धवलागिरिमा कांग्रेसले तीन, एमालेले तीन र माओवादीले दुई वडामा अध्यक्ष जितेका छन्।

वडा नं १ मा गठबन्धनबाट माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा कांग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ती, ५ मा कांग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित भएका छन्।

वडा सदस्य गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। दश हजार ९४० मतदाता रहेको धवलागिरिमा ६१ दशमलव १८ प्रतिशत अथवा छ हजार ६९४ मत खसेको थियो। ३७ पदका लागि ८४ प्रतिस्पर्धामा थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell