PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भरतपुरमा रेनु र विजयको उछिनपाछिन् : मत बढाउँदै जगन्नाथ पौडेल



भरतपुरमा रेनु र विजयको उछिनपाछिन् : मत बढाउँदै जगन्नाथ पौडेल

भरतपुर : चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की  रेनु दाहाल र नेकपा (एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ। दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि छिन्।

दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिँदा सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरहेका छन्। स्वतन्त्रबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले छ हजार ९८५ र राप्रपाका हिमला गुरुङले चार हजार ६४५ मत प्राप्त गरेका छन्।

आज बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजाअनुसार वडा नं ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल दुई हजार ५३० मतका साथ विजयी भएका छन्। एमालेका उम्मेदवार भानुभक्त सापकोटाले एक हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गरे।

वडा नं ५ को मतगणना थालिएको छ। भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाको माडी र इच्छाकामनाबाहेकका चार पालिकामा पाँचदलीय गठबन्धनको अग्रता रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell