PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिद्धार्थनगरमा गठबन्धनका खाँण र उपप्रमुखमा एमालेकी अधिकारी निर्वाचित



सिद्धार्थनगरमा गठबन्धनका खाँण र उपप्रमुखमा एमालेकी अधिकारी निर्वाचित

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नगरप्रमुखमा गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

नगरप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका इस्तियाक अहमद खाण विजयी भएका छन्। उनले ९ हजार १३४ मत प्राप्त गरी विजयी हुँदा राप्रपाका सागरप्रताप राणाले ८ हजार १३७ मत पाएका छन् भने एमालेका डा. रामप्रसाद बस्यालले ७ हजार ३०५ मत प्राप्त गरेका छन्।

यस्तै उपप्रमुखमा भने एमालेकी उमा अधिकारी विजयी भएकी छन्। उनले ८ हजार ८१३ मत प्राप्त गरी विजयी हुँदा राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत पाइन्।

त्यस्तै वडा नम्बर १ को अध्यक्षमा उज्जव पोख्रेल, वडा नम्बर २ को अध्यक्षमा छेदिलाल श्रीवास्तव, वडा नम्बर ३ को अध्यक्षमा नारायण प्रसाद उपाध्यय, वडा नम्बर ४ को वडाअध्यक्षमा मुक्तिनाथ यादव, वडा नम्बर ५ को वडाअध्यक्षमा पुरनप्रसाद श्रेष्ठ, वडा नम्बर ६ को वडा अध्यक्षमा वीरेन्द्रनाथ श्रीवास्तव, वडा नम्बर ७ को वडाअध्यक्ष दामोदर शर्मा घिमिरे विजयी भएका छन्।

त्यस्तै वडा नम्बर ८ को वडाअध्यक्ष रानजजंग राणा, वडा नम्बर ९ को वडाअध्यक्ष शेषकान्त भण्डारी, वडा नम्बर १० को वडाअध्यक्ष सर्जुमन अहिर, वडा नम्बर ११ को वडाअध्यक्षमा दिलिपकुमार यादव, वडा नम्बर १२ को वडाअध्यक्षमा कुमार गुरुङ र वडा नम्बर १३ को वडाअध्यक्षमा सोमबहादुर गुरुङ विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell