PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वीरगंजमा गठबन्धनका राजेशमान एमालेका विजयभन्दा झन्डै दोब्बर मतले अग्रता लिँदै



वीरगंजमा गठबन्धनका राजेशमान एमालेका विजयभन्दा झन्डै दोब्बर मतले अग्रता लिँदै

वीरगंज : पर्साको वीरगंज महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार रहेका राजेशमान सिंह अग्रता कायमै राखेका छन्। ४३ हजार ८०० मत गनिसक्दा सिंहले २२ हजार १०१ मत पाएका छन्।

वीरगंजका पूर्व मेयर एवं एमालेबाट मेयरका उम्मेदवार रहेका विजयकुमार सरावगीको मत झन्डै दोब्बरले कमी रहेको छ। सरावगीले हालसम्म ११ हजार ४२२ मत प्राप्त गरेका छन्। अहिलेसम्म राप्रपाका गिरीशी गिरीले एक हजार १६४ मतमात्र प्राप्त गरेका छन्।

उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार इम्तियाज आलामले १५ हजार ८९१ मत पाएर अग्रता कायम गरेका छन्। लोसपाका पुरुषोत्तमलाल झाले ३ हजार २४५ मतमात्र पाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell