PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका हरिगोविन्द, उपमेयरमा कांग्रेसकी लक्ष्मी



महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका हरिगोविन्द, उपमेयरमा कांग्रेसकी लक्ष्मी

ललितपुर : महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन्।

प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेलले पाँच हजार ६५८ मत प्राप्त गरे। उपप्रमुखमा विजयी महर्जनले नौ हजार ५९१ मत र निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वीणा सुवेदीले आठ हजार ६८३ मत पाएका छन्।

नगरपालिकाका १० वडामध्ये एमालेका उम्मेदवार छ वडामा र कांग्रेसले तीन र माओवादीले एक वडामा अध्यक्ष जितेको छ। एमालेबाट  वडा नम्बर १ मा छिरिङ लामा, वडा नम्बर २ मा ध्रुव खत्री, वडा नम्बर ३ कुवेर केसी, वडा नम्बर ४ मा अमृत खत्री,  वडा नम्बर ८ मा विश्वराज श्रेष्ठ र वडा नम्बर १० मा विजय लामा विजयी भएका छन्। कांग्रेसबाट वडा नम्बर ५ मा कपिल केसी, वडा ७ मा बाबुराजा महर्जन, वडा ९ मा जयकृष्ण बोगटी वडाध्यक्ष विजयी भएका छन्। माओवादीबाट वडा नम्बर ६ मा धर्म महर्जन विजयी भए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell