PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यस्तो छ आजको मौसम पूर्वानुमान



यस्तो छ आजको मौसम पूर्वानुमान
डोटीको केआइसिंह गाउँपालिका वाइलमा रोपाइँ गर्नका तयारी गरिएको खेत।

काठमाडौं : जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनी प्रभावका कारण देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनायो।

सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 'देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र वाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ,' महाशाखाको बुलेटिनमामा उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell