PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • राजपा - फोरमबीच एकताका लागि पत्राचार, सरकारले परिवर्तनकारीलाई धम्क्याएको आरोप

    राजपा - फोरमबीच एकताका लागि पत्राचार, सरकारले परिवर्तनकारीलाई धम्क्याएको आरोप

    काठमाडौं: मधेशको राजनीतिक समीकरण फेरबदल आएपछि मधेश केन्द्रीत राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरणको चर्चा चलाइएको छ। दुबै दलले एकीकरणको आवश्यकता रहेको भन्दै पत्राचारमार्फत वार्ता प्रक्रिया अगाडि बढाएको जनाएका छन्। सत्तारुढ संघीय समाजवादी फोरमले पुस १९ गते पहिलो पत्र राजपालाई पठाएको थियो। त्यसपछि राजपा नेताहरुको गोप्य बैठक पछि फागुन ३० गते फोरमलाई पुनः पत्र पठाइएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • राजा महेन्द्रलाई बम हान्ने शहरमा ज्ञानेन्द्र शाहको पाँच दिन : यी हुन् मधेशमा पूर्व राजालाई मिलेको ५ संकेत

    राजा महेन्द्रलाई बम हान्ने शहरमा ज्ञानेन्द्र शाहको पाँच दिन : यी हुन् मधेशमा पूर्व राजालाई मिलेको ५ संकेत

    जनकपुरधाम : २०१८ साल माघ ९ गते जनकपुरमा राजा महेन्द्रमाथि बम प्रहार भयो। करिब १८ वर्षका किशोर दुर्गानन्द झाले राजा महेन्द्रमाथि फालेको ग्रिनेड जीपमा ठोकिएर जानकी मन्दिरको पर्खाल पुग्यो। र, धमाकासहित विस्फोट भयो। राजा महेन्द्रलाई केही भएन। यसै घटनाले जनकपुरबाट राजपरिवार त्रसित भयो र सुरु भयो प्रतिशोध। स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपाली भन्छन्, ‘त्यही घटनापछि जनकपुरधामको दुःखका दिन सुरु भए। र,…

    विस्तृतमा पढ्नुस्

  • सीके राउतको विषयमा ‘अनुमानकारिता’ गर्दा पत्रकारलाई चार झट्का 

    सीके राउतको विषयमा ‘अनुमानकारिता’ गर्दा पत्रकारलाई चार झट्का 

    काठमाडौं : अदालतको आदेशमा रिहा, रिहा लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अनि तामझामका साथ ११ बुँदे सहमति। स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतसँग जोडिएका यी सबै घटनाक्रमको प्लट भने एउटै। बहस र विवादका लागि यति घटना नै काफी थियो।  ११ बुँदाभित्रको एउटा बुँदामा '... असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न...' उल्लेख भएपछि राष्ट्रिय विवादको विषयमा उनियो। यही शब्दको फेरो…

    विस्तृतमा पढ्नुस्

  • पार्टी गठनपछि अब के रणनीतिमा छन् सीके राउत?

    पार्टी गठनपछि अब के रणनीतिमा छन् सीके राउत?

    सिरहा (लहान) : सरकारसँग फागुन २४ गते भएको ११ बुँदे सहमति अनुसार सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले ‘जनमत पार्टी’ गठन गरेको छ। नेपालको संविधान बमोजिम गठबन्धनका संयोजक डा.सीके राउतको नेतृत्वमा ३५ सदस्यीय पार्टी गठन भएको हो। उक्त पार्टीले होलीलगत्तै अष्टदल चुनाव चिह्नका साथ निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेको छ।  आइतबार र सोमबार सिरहाको लहानस्थित मारवाडी सेवा सदनमा भएको गठबन्धनको…

    विस्तृतमा पढ्नुस्

  • कार्यकर्तालाई सीकेको जवाफः ‘सरकारमा जाने र सांसद् बन्ने कुनै सहमति छैन, जनमत संग्रह शब्द उच्चारण नै गरेनन्’

    कार्यकर्तालाई सीकेको जवाफः ‘सरकारमा जाने र सांसद् बन्ने कुनै सहमति छैन, जनमत संग्रह शब्द उच्चारण नै गरेनन्’

    सिरहा (लहान):  स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले सरकारमा सहभागी हुने तथा राष्ट्रियसभा सदस्य बन्नेगरी आफूले सरकारसँग कुनै सहमति नगरेको बताएका छन्। गठबन्धनको परिषद् बैठकमा कार्यकर्ताले उठाएका प्रश्नमा जवाफ दिँदै राउतले हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन्। आइतबार राति १० बजेसम्म संयोजक राउतले कार्यकर्ताले उठाएका प्रश्नमा जवाफ दिएका थिए। अधिकांश कार्यकर्ताले राउत सरकारमा सहभागी हुने तथा राष्ट्रियसभा…

    विस्तृतमा पढ्नुस्

  • के हुँदैछ सीके राउतको कडा सुरक्षासहितको अत्यन्त गोप्य राष्ट्रिय परिषद् बैठकमा? 

    के हुँदैछ सीके राउतको कडा सुरक्षासहितको अत्यन्त गोप्य राष्ट्रिय परिषद् बैठकमा? 

    सिरहा (लहान) : लहानको मुख्य बजारभन्दा उत्तरपट्टी रहेको एउटा दुई तल्ले भवन वरपर पोशाकमा र सिभिल ड्रेसमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ।  अपराह्न करिब सवा ५ बजे भवनको गेटमा एक जना व्यक्ति भित्र प्रवेश गर्न खोजे। तर उनलाई रोकियो। 'म स्वतन्त्र मधेश गठबन्धनकै नेता हुँ। परिषद्को बैठकमा सहभागी हुन आएको,'  उनले भने। तर, गेटमा खटिएका गठबन्धनका स्वयंसेवकले उनलाई छिर्न दिएनन्।  भित्र जाने…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा ज्ञानेन्द्र र सीके राउत : जनकपुरमा पनि सँगै, सिरहामा पनि सँगै

    पूर्वराजा ज्ञानेन्द्र र सीके राउत : जनकपुरमा पनि सँगै, सिरहामा पनि सँगै

    सिरहा (लहान) : पहिलो मधेश आन्दोलनको उदगम स्थल सिरहा जिल्लाको लहानमा आज पूर्व राजा ज्ञानेन्द्र शाह र भर्खरै सरकारसँग ११ बूँदे सहमति गरेर राजनीतिक मूलधारमा आउन लागेका सीके राउत दुवैको कार्यक्रमको संयोग जुर्‍यो।   सीके नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले आजदेखि लहानमा राष्ट्रिय परिषद्को बैठक सुरु गरेको छ भने मधेश यात्रामा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले खानासहितको विश्रामका लागि लहान नै रोजे। …

    विस्तृतमा पढ्नुस्

  • हिमानीका मामाको पहलमा उदयपुरमा पूर्वराजाको 'दरबार' : बिन्तीपत्र चढाउनेदेखि रेशम चौधरीलाई छुटाउनेसम्मको माग

    हिमानीका मामाको पहलमा उदयपुरमा पूर्वराजाको 'दरबार' : बिन्तीपत्र चढाउनेदेखि रेशम चौधरीलाई छुटाउनेसम्मको माग

    उदयपुर (गाइघाट) : मधेश यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह उदयपुर जिल्लाको गाइघाट पुग्दा उनको 'दरबार' लाग्यो। जहाँ कयौंले बिन्ती पत्र चढाए भने कयौंले आफ्ना गुनासा र माग राखे। मधेश यात्राको तेस्रो दिन जनकपुरधामबाट गाइघाटको राधाकृष्ण मन्दिर दर्शन गर्न पुगेका पूर्वराजा शाहको 'दरबार' मन्दिर छेउकै एक आश्रममा लागेको थियो, जहाँ आयोजकले व्यापारी, नेतादेखि विशिष्ट व्यक्तिहरुलाई राजासँग भेटाउने र वान टु वान कुराकानी गराउने कार्यक्रम राखेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजाको मधेश डायरीः १०० को स्पिडको गाडी, भीडले मुस्कुराएका शाह र दर्शन नपाएपछि फूल फ्याँक्ने समर्थक

    पूर्वराजाको मधेश डायरीः १०० को स्पिडको गाडी, भीडले मुस्कुराएका शाह र दर्शन नपाएपछि फूल फ्याँक्ने समर्थक

    जनकपुरधामः पूर्वराजा ज्ञानेन्द्र शाह बा ४ च ३८०७ नम्बरको हरियो रङ्गको गाडी आफैँ चलाउँछन्। त्यो पनि सामान्य स्पिडमा होइन १०० किलोमिटर प्रति घण्टा। हाल मधेस यात्राको क्रममा रहेका पूर्वराजा शाहले पहिलो दिन यस्तै स्पिडमा गाडी चलाए। बिहीबार दिउँसो १ बजे जनकपुरधामस्थित होटेल सीताशरणबाट सर्लाहीका लागि जानुपर्ने कार्यक्रम थियो। उनका समर्थकहरू १२ः३० बजेदेखि नै होटलको लिफ्ट अगाडि लाइनमा बसेका थिए। हातमा फूल…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् 'राजा' हेर्न सर्लाहीमा सर्वसाधारणको घुइँचो, सीके राउतसँगको सहमतिबारे बोलेनन्

    फोटोमा हेर्नुस् 'राजा' हेर्न सर्लाहीमा सर्वसाधारणको घुइँचो, सीके राउतसँगको सहमतिबारे बोलेनन्

    सर्लाही (मलंगवा) : ‘जनताले जे चाहन्छ त्यही हुन्छ, सबै कुरा तपाईँहरुको हातमा छ,’ पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित होटल सीताशरणबाट सर्लाहीको मलंगवा जान निस्किँदै गर्दा भने। पत्रकारहरुले सोधेको सरकार र डा.सीके राउतबीचको सहमतिका बारेमा भने उनले मुख खोलेनन्।  पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेर्नेको घुइँचो नै लागेको छ। मधेस यात्राको क्रममा बिहीबार सर्लाहीको मलंगवा पुगेका पूर्वराजालाई हेर्न हजारौंको संख्यामा सर्वसाधारणहरु जम्मा भएका थिए।  जनकपुरबाट सुरक्षा एस्कर्टिङसहित गाडीमा गएर…

    विस्तृतमा पढ्नुस्

  • सीके राउत के गर्दैछन् जनकपुरमा? यस्तो बनाउँदैछन् रणनीति

    सीके राउत के गर्दैछन् जनकपुरमा? यस्तो बनाउँदैछन् रणनीति

    जनकपुरः बिहीबार साँझ साढे ७ बजे सेन्ट्रल जेल काठमाडौँबाट सादा पोसाकका प्रहरी नियन्त्रणमा सरकारी गाडीमै बालुवाटार पुगेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सीके राउतले सोही राति सरकारसँग ११ बुँदे सहमति गरेका थिए। शुक्रबार सहमति सार्वजनिक कार्यक्रम भयो, त्यसपछि पनि उनी सुरक्षाकर्मीकै निगरानीमा थिए। शनिबार काठमाडौँमै बसेका डा.राउत आइतबार दिउँसो वीर अस्पतालमा स्वास्थ्य चेक जाँच गराई त्रिभुवन विमानस्थल हुँदै जनकपुर फर्केका थिए।…

    विस्तृतमा पढ्नुस्

  • सीके राउतको प्रशिक्षण काठमाडौंदेखि विदेशसम्म

    सीके राउतको प्रशिक्षण काठमाडौंदेखि विदेशसम्म

    काठमाडौं: नेपाल सरकारसँग ११ बुँदे सहमति गरेर राजनीतिमा नयाँ तरंग पैदा गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको प्रशिक्षण काठमाडौंदेखि विदेशसम्म सम्पन्न भएको छ। सरकारले जनमत संग्रह स्वीकार गरेको दाबी गरेका डा.राउतको प्रशिक्षण हिजो राति काठमाडौंमा भयो। राष्ट्रिय सभागृहको कार्यक्रम सकेलगतै राउत प्रशिक्षण कार्यक्रममा टेकुको एक होटलमा पुगेका थिए।   विभिन्न जिल्लाबाट आएका मुख्य–मुख्य नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै राउतले आफूहरुको…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमै सम्झौता, शब्द फेरेर आज सार्वजनिक : सीके राउतको राजनीतिक अवतरणमा यस्तो थियो सेटिङ

    मध्यरातमै सम्झौता, शब्द फेरेर आज सार्वजनिक : सीके राउतको राजनीतिक अवतरणमा यस्तो थियो सेटिङ

    काठमाडौं : विभिन्न सशस्त्र समूहहरुसँग वार्ता गरेर सफल भएको रिपोर्ट बुझाइरहँदा सांसद सोमप्रसाद पाण्डेले मधेशमा राज्य विप्लवमा सक्रिय रहेको भन्दै डाक्टर सीके राउत समूहसँग कुरै नगरेको बताएका थिए। उनले त्यतिखेर भनेका थिए- 'राज्य विखण्डनका विषय राजनीतिक एजेन्डा हुन सक्दैन। सीके राउत, युएनपीओमा दर्ता भएको, छुट्टै झन्डा र छुट्टै राष्ट्रिय गान बनाएको देखियो। यो संविधान बाहिरको कुरा भएकाले हामीले वार्ता गरेनौं।' …

    विस्तृतमा पढ्नुस्

  • मधेशमा जनमत संग्रह गराउन सरकार सहमत भएको सीके राउतका प्रवक्ताको दाबी

    मधेशमा जनमत संग्रह गराउन सरकार सहमत भएको सीके राउतका प्रवक्ताको दाबी

    काठमाडौं : मधेशको मागमा जनमत संग्रह गराउने विषयमा सहमति भएपछि खुला राजनीतिमा आउने तयारी भएको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले दाबी गरेका छन्। हिजोमात्रै सर्वोच्च अदालतको आदेशमा स्वतन्त्र मधेश गठबन्धनका संयोजक डाक्टर सीके राउत रिहा भएका थिए। लगत्तै आज सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले विशेष सम्बोधनको तयारी गरिरहेको छ। 'जनमत संग्रह गराउन सरकार सहमत भएको छ,' प्रवक्ता खानले बालुवाटारमा सहमति…

    विस्तृतमा पढ्नुस्

  • सीके राउत थुनामुक्त, सुरक्षा चुनौती रहेको भन्दै सरकारले दियो सुरक्षागार्ड

    सीके राउत थुनामुक्त, सुरक्षा चुनौती रहेको भन्दै सरकारले दियो सुरक्षागार्ड

    काठमाडौं: विभिन्न जिल्लामा राज्य विप्लवका मुद्दा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत थुनामुक्त भएका छन्। पछिल्लो पटक रौतहट जिल्ला अदालत परिसरबाट पक्राउ परेका राउत सर्वोच्च अदालतको आदेशमा करिब पाँच महिनापछि रिहा भएका हुन्। बिहीबार साँझ सुन्धारास्थित सेन्ट्रल जेलबाट उनी रिहा भएको डा.राउतका दाइ जेके राउतले जानकारी दिए। यसैबीच डा.राउतलाई सरकारको तर्फबाट सुरक्षाकर्मी उपलब्ध गराइएको छ।  डा.राउतमाथि सुरक्षा चुनौती रहेको भन्दै एक जना सुरक्षाकर्मी…

    विस्तृतमा पढ्नुस्

  • जन्मकैदको फैसलापछि रेशम चौधरीको जेल अनुभव : हिजोसम्म सांसदज्यू भन्नेले आज मागे पैसा

    जन्मकैदको फैसलापछि रेशम चौधरीको जेल अनुभव : हिजोसम्म सांसदज्यू भन्नेले आज मागे पैसा

    गएको पुस १९ गते सपथ ग्रहण गर्न संसद सचिवालय सिंहदरवार पुगेका रेशम चौधरी ढाकाको दौरा सुरुवालमा सजिएका थिए। कालो चस्मासहित सजिसजाउ बनेर सिंहदरबारभित्र पसेका उनको स्वागतमा माला लगाउनेहरुको पनि लर्को थियो। रेशमको शाही ठाँटको सपथ ग्रहण देख्दा लाग्थ्यो - यी अब छिट्टै छुट्दैछन्। सायद, रेशम चौधरी पनि त्यही सोचमा थिए। नत्र 'रेशम चौधरी भिख माग्दैन, न्यायालयसँग न्याय खोजेको हुँ' भन्ने थिएनन् सायद। …

    विस्तृतमा पढ्नुस्

  • राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, पहिचानवादी पार्टीसँग सहकार्य गर्न आह्वान

    राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, पहिचानवादी पार्टीसँग सहकार्य गर्न आह्वान

    काठमाडौं: राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। सांसद रेशम चौधरीलाई आजीवन कैदको सजाय सुनाएपछि पार्टीको आज बसेको बैठकले सरकालाई दिइआएको समर्थन फिर्ता लिएको राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले जानकारी दिए। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीको फैसलापछि टीकापुरमा हाइ अलर्ट: थारुहरु प्रदर्शनको तयारीमा, 'हिजोबाटै सुरक्षा व्यवस्था कडा'

    रेशम चौधरीको फैसलापछि टीकापुरमा हाइ अलर्ट: थारुहरु प्रदर्शनको तयारीमा, 'हिजोबाटै सुरक्षा व्यवस्था कडा'

    काठमाडौं: टीकापुर घटनामा मुछिएका सांसद रेशम चौधरीसहितको फैसला आउनुअघिदेखि नै टीकापुरको सुरक्षा व्यवस्था कडा पारिएको थियाे। हिजोदेखि नै टीकापुरको सडकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियाे भने कुनै प्रदर्शन अथवा घटना भए थप सुरक्षाकर्मी बोलाउने तयारी गरिएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिबहादुर विष्ट भन्छन्,‘अहिलेको सुरक्षा व्यवस्था शान्त छ। सुरक्षाकर्मी अर्लट छन्। थप सुरक्षा व्यवस्था मिलाएका छौं।’ हुन त टीकापुर बजारमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री सहित मन्त्रीहरु समवेदनाका लागि राति नै मन्त्री क्वाटर जाँदै

    प्रधानमन्त्री सहित मन्त्रीहरु समवेदनाका लागि राति नै मन्त्री क्वाटर जाँदै

    काठमाडौं : मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्रीसहित बालुवाटारमा उपस्थित भएका सबै मन्त्रीहरु पुल्चोकस्थित मन्त्रीक्वाटर जाने भएका छन्। हेलिकप्टर दुर्घटनामा परी निधन भएका रवीन्द्र अधिकारीका परिवारलाई समवेदना दिन उनीहरु सबै मन्त्री क्वाटर जान लागेका हुन्। आजै मन्त्रिपरिषदले हेलिकप्टर दुर्घटनालाई लिएर भोलि एक दिन शोक दिवस मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो।  यस्तै…

    विस्तृतमा पढ्नुस्

  • भोलि शोक दिवस मनाउने सरकारको निर्णय, सार्वजनिक विदा हुने

    भोलि शोक दिवस मनाउने सरकारको निर्णय, सार्वजनिक विदा हुने

    काठमाडौं : मन्त्रिपरिषदले आज भएको हेलिकप्टर दुर्घटनालाई लिएर भोलि एक दिन शोक दिवस मनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा भोलि सार्वजनिक विदा दिने तयारी भएको स्रोतले जनाएको छ। त्यस्तै देशभित्र र विदेशमा रहेका नेपाली नियोगहरुमा शोक दिवश मनाउँदै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ। मन्त्रिपरिषदले शोक प्रस्ताव पारित गरेको छ भने यज्ञ गौतमको नेतृत्वमा छानविन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell