अहिले तीज जनै पूर्णे सकिएको भोलिपल्टदेखि सुरु हुन्छ। सानो छँदा बरु रातको १२ बजेसम्म अजीर्ण नै होला जसरी दरको नाममा खिर, हलुवा र गुंद्पाक खाएको याद छ, तर त्यो कुनै एक तिथिमा हुन्थ्यो। आज तिथि र मिति सबै समथर छ, एक महिना लगाएर तीज मनाइन्छ, बधाई छ नेपाली हिन्दू नारीहरुलाई। त्यसैगरी यो तीजको थिति पनि बिर्सिदै गएको छ। पन्डित वा वृद्धवृद्धाहरुलाई बाहेक तीजको वास्तविक रीति नव युवापिढीलाई न थाहा छ, न वास्ता छ। खाने र लाउने रिवाजलाई बढावा दिने काममै उनीहरु ब्यस्त छन्। पूरै चाडलाई खाने र लाउनेमै सिध्याउन थालेका छन्।
यो महिनौँसम्म मनाइने तीजको विशेषता अरु केही छैन सिवाय दर खाने, अनि गहनागुरियामा ठाँटसँग सजिएर हिंड्ने। यही समयमा हो महिलाहरु सबै महिला अधिकारवादी हुने, अनि यही समयमा हो पुरुष चरित्रहरु कम्मर दुख्ने गरी भांडा, चुलोचौको कसेर, लुगा धुनेदेखि अन्य काम गरेर लखतरान पर्ने। यसो भन्दैमा पुरुषले घरायसी काम गर्नै नहुने र वर्षभरी महिलाले मात्र गरेका छन् भन्न किन्चित खोजिएको हैन। कामको बोझ तेब्बर, चौबर एक्लैले गर्न पर्ने स्थितिको बारेमा प्रकाश पार्न मात्र खोजिएको हो।
अझ भन्नुपर्दा महिला महानुभावहरुको त यो समयमा घरमा बासै कहाँ हुन्छ र? दर भ्याउने पनि मेलो हुने रहेछ। पुछार घरदेखि सिरान घरसम्म पालैपालो। अनि सदस्य बनेका प्रत्येक सहकारीका दर कार्यक्रम छुट्टै। आमा समूहको पिक्निके दर छुट्टै, नारी चेतनाको छुट्टै, कार्यालयको छुट्टै, हितैषी सङगीहरुसँग छुट्टै, यो लिस्ट लाम्लास्टै छ, आजकालको तीजजस्तै सकिन्न।
कसैलाई लगाइदिन भनेर हुन्छ कि बिहानभरी पार्लरमै गएर हुन्छ नजानेनी लाल वा हरित साडी भिर्नै पर्छ। छड्के तिलहरी दर खान जानेहरुको अनिवार्य ड्रेस्कोड नै जस्तो भैसक्यो। अन्य सिङगारपटार बेसिक्स त छंदै नै छ। हुनेले लगाउँछन्, देखासिकी पनि हुनेले नै गर्ने हुन्। शीरदेखी पाउसम्म बेहुली सरी सब एकाएक सजिएर हिँड्छन्। इर्याएर र देखासिकी महिलाहरुमा प्राय तीजमै प्रशस्त उब्जने गर्छ। यसरी तीजलाई देखासिकी र एक हिसाबले पहिरनका रुपमा सम्पत्ति प्रदर्शनको गतिलो माध्यम पनि बनाइन थालिएको छ। गतिलो बाहिरी साडी नहुनेहरु तीजमा बिरामी पर्नुको रहस्य यही अस्वस्थ प्रतिस्पर्धा हो, अनि छड्के तिलहरी हाल्न नसक्ने महिला घरभित्रैको घरायसी धन्दामा लीन हुनु पनि यही बाध्यता हो। यस्तो रेस अरु त अरु दिदीबहिनी बीच झन नजानिदो तरिकाले भैरहेको हुन्छ। लाग्छ माइती गाउँ विवाहित चेलीहरुको प्रतिस्पर्धा गर्ने एक अघोषित थलो हो। यसरी अनावश्यक देखासिकी र तडकभडकले आफू त जरुर खुशी भइएला तर यो पनि ख्याल गर्न जरुरी छ कि आफ्नै त्यही व्यबहारले कसैलाई हजारौ गुणा बढी चोट पुगिरहेको हुन सक्छ।
तीजमा खाइने दरमा पनि ब्यापक आधुनिकीकरण हुँदै छ। साथीसङगी, भड्किला गीत, छोटा पहिरन, वाइन र मासु। घर समाजमा ब्रतको ढोल पिटी मन्दिर दर्शनको बहानामा बजार पसी मांसाहारी रेस्टुरेन्टमा कुखुरा कबाब र झोलमा चोपली चोपली चम्चाले बफ मम कुम्ल्याएको यही आँखाले देखेको छ। मलाई आपत्ति पनि हैन र चित्त दुखाई पनि छैन। तर सवाल के हो भने यसरी जसरी मन लाग्यो त्यसैगरी पर्व मनाउदा भोलि तीज तीज नरही विकृती र विसङतिहरुको थुप्रो बन्न जानेछ। भावी पिँढीले पनि यही रिमिक्स पारा सिक्ने छन्। विधि, पूजा र वास्तविक् रितिरिवाज पुर्खाहरुसँगै इतिहासमा विलय हुनेछ। पहिला जस्तो तीज महिला–महिला बीच माइतमा गीति–विरह पोख्ने चाड अब रहेन। यो त मोज मस्ती लुट्ने महिला परम्पराको रुपमा विकसित हुन खोज्दैछ। यसलाई महिला अधिकारकर्मीहरुले नारी स्वतन्त्रता र सशक्तिकरणको सुरुवात भनेर वकालत गर्छन्।