PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

​इटहरी तनावग्रस्त, झडप रोक्न ठूलो संख्यामा प्रहरी परिचालन



​इटहरी तनावग्रस्त, झडप रोक्न ठूलो संख्यामा प्रहरी परिचालन

  • पहिलोपोस्ट-
काठमाडौं : मधेसी मोर्चाले आयोजना गरेको कार्यक्रमको विरोधमा प्रदर्शन भएपछि सुनसरीको इटहरीमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।

सभालाई अवरोध गर्ने स्थानीय युवाको तयारी र सभा गरिछाड्ने मधेसी मोर्चाको तयारीका कारण झडप हुनसक्ने भन्दै बजार क्षेत्रमा प्रहरी परिचालन गरिएको हो।

सद्भाव खल्बल्याउने खालको कार्यक्रम भन्दै स्थानीय युवा र विद्यार्थीले शुक्रबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। उनीहरुले इटहरीको खेतीखोला नजिकै बनाइएको सभास्थलको मञ्च बिहान पेट्रोल छर्केर जलाइदिएका छन्। स्थानीय युवा र विद्यार्थीहरुले सभास्थल र इटहरी बजारमा नाराबाजी गरेका छन्।


मधेसी मोर्चाले लिम्बुवान संघर्ष समितिसँग मिलेर गर्न लागेको कार्यक्रमलाई तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, लिम्बुवान नेता कुमार लिङ्देन लगायतले संबोधन गर्ने कार्यक्रम रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell