PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

भारत किन रिसायो? परराष्ट्र मन्त्रीले गरे खुलासा



भारत किन रिसायो? परराष्ट्र मन्त्रीले गरे खुलासा

काठमाडौँ : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालका नेताले गरेको प्रतिवद्धता पूरा नगरेका कारण भारत रिसाएको खुलासा गरेका छन्। तर त्यो प्रतिबद्धता के थियो भन्ने चाहीँ उनले खुलाएनन् । 

‘केही विषयमा नेपालका नेताहरुले ‘कमिटमेन्ट’ गरेका कतिपय विषयमा भारतीयपक्षको असन्तुष्टि देखिएको छ’ परराष्ट्रमन्त्रीको भनाई उद्धृत गर्दै पूर्व परराष्ट्रमन्त्री लोहनीले भने, ‘त्यो कमिटमेन्टको विषय के हो भनेर अब बहसमा जानुपर्ने अवस्था देखिएको छ।’

डा. लोहनीले भारतले संविधान जारी गर्दा भारतीय पक्षलाई पूरै ‘इग्नोर’ गरिएका विषयमा पनि असन्तुष्टि जनाएको भनेको बताए । 

‘भारत हाम्रो नजिकको छिमेकी हो, छिमेकीसँग खुलेर कुरा गर्न सक्नुपर्छ’ डा. लोहनीले भने, ‘त्यसका लागि कमिट्मेन्ट कुन नेताले गरेका हुन् र के विषयमा गरेको हुन् भन्ने विषय आन्तरिक र दुई देशबीचमा पनि बहस सुरु गर्नुपर्छ। उनले भारतीय पक्षका ‘जेन्युन’ चासो छन् भने राष्ट्रिय अखण्डता र सम्प्रभूतालाई जोगाएर सम्बोधन गर्नुपर्छ।’  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell