PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नायिका प्रियंका कार्की अब गायिका, एकल एल्बमको तयारी



नायिका प्रियंका कार्की अब गायिका, एकल एल्बमको तयारी

काठमाडौं :  प्रियंका कार्कीको परिचय अभिनेत्रीमा मात्र सिमित नभई गायनमा पनि थपिने भएको छ। चलचित्र आवरणमा 'छोपिएको सत्य' बोलको गीत गाउँदै गायिका बनेकी प्रियंकाले आफ्नै स्वरमा एकल एल्बम निकाल्ने तयारी गरिरहेकी छिन्। हालसम्म नाम नजुराइएको यस एल्बममा ८ वटा गीत रहनेछन्।

'म सानै देखि संगीतप्रति आकर्षित हुन्थेँ र सिकेको पनि हो,  सबैले मलाइ राम्रो गीत गाउछौ भन्नु हुन्थ्यो,’ प्रियंकाले भनिन्, ‘आवरणको गीतलाई सबैले मन पराएपछि मैले गाउन सक्छु जस्तो लाग्यो।‘ प्रियंकाले आउँदो हप्ता रेन्ज स्टुडियोमा 'स्वतन्त्र' बोलको गीत रेकर्ड गराउँदै छिन्।

यसमा शब्द शैलेश श्रेष्ठको र संगीत शैलेन्द्र सिंहको रहनेछ। प्रियंकाको स्वर रहेको एल्बमको अडियो मात्र बजारमा न आउने भएको छ। 'अडियो मात्र बजारमा ल्याउँदिन,’ उनले भनिन् ‘बिस्तारै ८ वटै गीतको भिडियो बनाएपछि भिडियो एल्बम बजारमा ल्याउँछु।'

प्रियंकाले अभिनयसँगै कोरियोग्राफी पनि गरिरहेकी छिन्। डेब्यु फिल्म 'मेरो बेस्ट फ्रेन्ड' मा एक गीतमा र पुन्टे परेडको 'कक्टेल जवानी' बोलको गीतमा आफैले कोरियोग्राफी गरेकी प्रियंकाले प्रदर्शनको लागि तयार भैसकेको 'मिसन पैसा रिलोडेड' को दुईवटा गीतमा कोरियोग्राफ गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell