PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नलिनाको आठौँ एल्बम 'सास ले' सार्वजनिक



नलिनाको आठौँ एल्बम 'सास ले' सार्वजनिक

  • पहिलोपोस्ट-
काठमाडौँ : २६ वर्षदेखि सांगीतिक यात्रामा लागिरहेकी गायिका नलिना चित्रकारले आफ्नो करिअरको आठौँ एल्बम 'सासले' सार्वजनिक गरेकी छिन्। 

दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा एल्बमसँगै त्यसमा संग्रहित गीतहरुको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो।

एल्बममा कूल १७ गीत छन्। त्यसमध्ये 'परेलीको' बोलको गीत मिडियामा प्रसारण भइसकेको छ। शीर्षक गीत 'सासले बाँच्छ मानिस' को म्युजिक भिडियो अमेरिकामा छायाङ्कन गरिएको छ।

त्यस्तै 'प्रश्न' बोलको गीत क्यानाडामा छायाङ्कन गरिएको छ। नलिना कार्यक्रमका क्रममा अमेरिका र क्यानडा पुग्दा यी गीतको म्युजिक भिडियोको छायाङ्कन गरिएको हो। 

क्यानाडामा खिचिएको प्रश्न बोलको गीतको म्युजिक भिडियोमा मिस इन्डिया क्यानाडाले मोडलिङ गरेकी छिन्। 

दिनेश अधिकारी, धर्मेन्द सेवान, महेश राना र उत्तम भौकाजीको रचना रहेको गीतमा बिजु बज्र, सुगम पोखरेल, मोहित मुनाल र स्वरुप आचार्यको संगीत छ। 

२०४५ सालबाट गायन क्षेत्रमा प्रवेश गरेकी नलिनाले २०५४ सालमा पहिलो एल्बम प्रियतम बजारमा ल्याएकी थिइन्। उनले २ सयभन्दा बढी आधुनिक, पप, राष्ट्रिय, भजन, फिल्मी र लोक विधाका गीतहरु गाइसकेकी छिन्। 

















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell