PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आलोकको अन्तिम भिडियो : 'के कुरा कसले तिमीलाई सुनायो, मदेखि कसले टाढा बनायो !'



आलोकको अन्तिम भिडियो : 'के कुरा कसले तिमीलाई सुनायो, मदेखि कसले टाढा बनायो !'

काठमाडौँ : बिहीबार आफ्नै निवासमा मृत भेटिएका चर्चित निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित फिल्म 'अझै पनि'को एउटा गीत आइतबार सार्वजनिक भएको छ। 

फागुनमा रिलिज हुन लागेको यो फिल्मको भिडियो सार्वजनिक भएको गीत  'के कुरा कसले तिमीलाई सुनायो, मदेखि कसले टाढा बनायो !' बोलको रहेको छ। 

गीतका रचनाकार विजय शिवाकोटीले सचिन सिंहले ट्रयाक र कथा सुनाएपछि यो गीतका शब्द लेखेको पहिलोपोस्टलाई बताए। गीत आलोकले पनि औधि रुचाएका थिए। 

सचिन सिंहको संगीत र राजु लामाको स्वर रहेको गीतका शब्द यस्ता छन्-


के कुरा कसले तिमीलाई सुनायो
मदेखि कसले टाढा बनायो

हाम्रो चोखो माया नभुल है कहिल्यै
दुनियाँलाई भन्दा मनलाई सुन पहिल्यै

नसताऊ, नतडपाऊ, नजलाऊ

याद गर तिमी ती वाचा बन्धन
भेटुँ भेटुँ लाग्छ हेर्नलाई ती नयन

जुनीभरको तिमी सहारा
तिमी नै मेरो किनारा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell